जडीबुटीसहित सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ « Khabarhub

जडीबुटीसहित सामुदायिक वनका अध्यक्ष र सचिव पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- गैर कानूनी रुपमा जडीबुटी संकलन गरिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमाली गाउपालिका १ बामु देबीडाडा सामुदायिक बनका अध्यक्ष राजबहादुर भण्डारी र सचिव बियलाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

गैर कानूनी रुपमा जडीबुटी संकलन भईरहेको गोप्य सुचनाका आधारमा प्रहरी चौकी विच्छायाबाट खटीयको प्रहरी टोलीले अन्दाजी एक क्युन्टल कटुकी सहीत दुई जना बन उपभोक्त समितिका पदाधिकारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक उद्धबसिंह भाटले जानकारी दिए ।

अबैध रुपमा संकलित जडीबुटी बन उपभोक्ता समितिका उपाध्यक्ष गोर्ख भण्डारीको जिम्मा दिएर पक्राउ परेको दुबै जनालाई जिल्ला सदरमुकाम ल्याईएदै गरेको भाटले बताए । जिल्ला सदरमुकाम ल्याएर अनुसन्धान थालिने र कानून बिपरित संकलन गरिएको पाईएमा बन एैन अनुसार कार्बाही गरिने प्रहरी प्रमुख भाटले बताएको छ ।

उक्त ठाउ जिल्ला सदरमुकाम मार्तडीबाट पाँच दिनको पैदल दुरीमा पर्छ भने बिच्छाया प्रहरी चौकी रहेको कवाडीबाट दुई दिनको पैदल दुरीमा रहेको छ । बाजुरा जिल्लामा पाइने सेतकचीनी जस्तै कटुकी, पाच औले भुल्ते सेतक चीनी लगायत करोडौंको जटिबुडी इजाजत पत्र बिना संकलन र हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको पटक पटक सुचना आइरहने गरेका छन् ।

तस्करले चोरी छिपी वार्षिक करोडौंका जडिबुटी अवैध ढंगले निकासी गरिरहेको प्रति स्थानीय जडिबुटी व्यवसायी समेत आक्रोशित छन् । जिल्लामा जटिबुडी उद्योग भएको कागज देखाएर सुदूरपश्चिमको जडिबुटी सोझै भारत र चिन लगायत देश बाहिर लिने गरिरहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ०६ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल

मनीष झाको प्रश्न- ‘यस्तो बचपनले राजकाज चल्छ ?’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मनीष

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न