दादुराका कारण एक वर्षमा ५ हजार जनाको मृत्यु, २ लाख ५० हजार जना प्रभावित « Khabarhub

दादुराका कारण एक वर्षमा ५ हजार जनाको मृत्यु, २ लाख ५० हजार जना प्रभावित


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ । यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ । कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ ।

कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए ।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ ।

अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ । तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने सङ्ख्याभन्दा आधाले पनि कम हो ।

त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन् ।

दादुरा एउटा भाइरसका कारण लाग्छ । सङ्क्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ ।

त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ । तर यदि त्यसले निमोनिया वा इन्सेफलाइटिस अर्थात् मस्तिष्कको सुजन भएमा दादुराले जीवनभरि अपाङ्गता निम्त्याउन सक्छ।

दादुराका कारण विश्वभरि प्रत्येक वर्ष एक लाख १० हजार मानिसको ज्यान जाने गरेको अनुमान छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ११ : २२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा