सीमा सुरक्षा बैठक सम्पन्न, उठेन कालापानीको विषय « Khabarhub

सीमा सुरक्षा बैठक सम्पन्न, उठेन कालापानीको विषय


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबारबाट पोखरमा शुरु भएको नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न भएको छ ।

नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक बसेको हो ।

बैठकमा सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयमा छलफल भएको छ । दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति समेत भएको छ ।

नेपाल र भारतबीच सीमा विवादको विषय उठिरहेका बेला कालापानीको विषयमा समेत छलफल हुने अपेक्षा गरिए पनि त्यस विषयले छलफलमा प्रवेश नपाएको स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतका अनुसार बैठकका एजेण्डा पूर्व निर्धारित भएको हुदाँ कालापानीको विषयले प्रवेश नपाएको हो ।

पोखरबाट टोली बिहीबारै काठमाडौं फर्किएको  भए पनि  शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको हो । टोली शनिबार भारत फर्किनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : २३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो