छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै | Khabarhub Khabarhub

छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाऔँ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, तिनालाई सम्मान गर्नुपर्छ र समयानुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्छ भन्ने धारणाको विकास हुनु नै कार्यक्रमको सफलता भएको महानगरपालिकाको ठहर छ ।

चालू आर्थिक वर्षदेखि कार्यक्रम शुरु भएपछि लाभान्वित वर्ग खुशी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताइन्।

महानगरपालिकाले बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलालाई संरक्षण, छोरीको गर्भपतनको न्यूनीकरण र छोरीलाई प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ ।

सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानका हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको हुनुपर्ने उपप्रमुख कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  १० : १५ बजे

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास