नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि हातपात, स्थिति तनावपूर्ण « Khabarhub

नेशनल मेडिकल कलेजका विद्यार्थीमाथि हातपात, स्थिति तनावपूर्ण


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुल्कको विषयलाई लिएर विरगञ्जको नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीमाथि हातपात भएपछि स्थित तनापूर्ण बनेकाे छ ।

आन्दोलनरत विद्यार्थीमाथि सिनियर विद्यार्थीहरुले हातपात गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

कलेजका एक विद्यार्थीका अनुसार एमबीबीएस प्रथम वर्षका विद्यार्थीले कलेजले बढी लिएको शुल्क फिर्ताको माग गर्दै कलेज प्रशासन अगाडि नाराबाजी गरेपछि कलेज संचालकले आफ्नो संरक्षणमा रहेका विद्यार्थी नै प्रयोग गरेर विद्यार्थीमाथि हातपात गराएका हुन् ।

शुल्क फिर्ताको माग गर्दा सिनियर ब्याजका छात्रहरू लगाएर आफूहरूमाथि हातपात गरेको भन्दै आन्दोलनरत छात्राहरूले सुरक्षाको माग गरेका छन् ।

आफ्नै कलेजमा सुरक्षा नभएको भन्दै विद्यार्थीहरू जिल्ला प्रशासन कार्यलय पुगेको उनले जानकारी दिइन् ।

उनले भनिन् ” विद्यार्थीहरूले हिजो शुल्क फिर्ताको माग गर्दै धर्ना बस्दा राति बजेसम्म होस्टल छिर्न दिइएन, शुल्क फिर्ताका लागि दवाव दिन विद्यार्थीले आज पनि धर्ना दिएका थिए, कलेज संचालकले आफ्नो संरक्षणमा राखेका विद्यार्थी परिचालन गरेर हामीमाथि हातपात गरे ।”

राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा नेसनल मेडिकल कलेजले एमबीबीएस भर्नामा विद्यार्थीसँग ३२ करोड ५५ लाख ९१ हजार ५ सय बढी रकम लिएको देखिएको छ ।

सरकारले बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ताको लागि कात्तिक २५ गते १५ दिनको अन्तिम समयसिमा दिइसकेको छ ।

सरकारको अल्टिमेटम सकिनै लाग्दा पनि नेशनल मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता नगरेको विद्यार्थीहरूको गुनासो छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ५६ बजे

नेपालद्वारा कर्नाटकलाई १८९ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– एसिसी प्रिमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले

पत्रकार र निजी क्षेत्रमाथि धरपकड नगर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधन, सरकारको कार्यशैली,

कांग्रेस बैठकका निर्णय : संविधान संशोधनका लागि आयोग बनाउन माग

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधन सुझाव आयोग गठन गर्न माग

जब किशोर श्रेष्ठलाई पक्रिन दौडिएको प्रहरी दुवै पटक खाली हात फर्कियो

काठमाडौं- आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई

धर्ना बसेका सहकारी-लघुवित्तपीडित भेट्न पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी-लघुवित्तपीडितलाई भेट्न पुल्चोक