संघीयता विरोधीहरु सल्बलाए-अध्यक्ष प्रचण्ड  « Khabarhub

संघीयता विरोधीहरु सल्बलाए-अध्यक्ष प्रचण्ड 


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता नबुझ्नेहरु संघीयता कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले संघीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला संघीयता विरोधी सक्रिय बनेको बताएका हुन् ।

अध्यक्ष दाहालले संघीयतालाई पूर्णता दिँदै जातीय, वर्गीय र लैङ्गिक उत्पीडन अन्त्य गर्न बाँकी रहेको बताउँदै कुनै समय आफ्नो टाउकाको मूल्य तोकेको दलसँग अहिले सहकार्य गर्नुपरेको समेत चर्चा गरे ।

कार्यक्रममा गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले एकीकृत दुई ठूला कम्युनिष्ट पार्टीको एकतालाई मूर्तरूप दिन नयाँ सङ्गठनात्मक संरचना गठन गरी नयाँ शक्ति निर्माण गर्न बाँकी रहेको बताए ।

उनले मुलुकको समृद्धिका लागि मार्क्सवाद, लेनिनवाद र समाजवादलाई पनि समृद्ध बनाउँदै लानुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले एकीकृत पार्टीले तय गरेका सिद्धान्त, नीति, कार्यदिशा र रणनीतिलाई सशक्त ढङ्गबाट अगाडि बढाइने बताए । देशभरबाट २५१ जना सहभागी भएको दुई दिनसम्म चल्ने प्रशिक्षणले मोर्चाको राजनीतिक प्रतिवेदन तथा अन्तरिम विधानमाथि छलफल गर्ने लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चाका केन्द्रीय संयोजक भोजविक्रम बुढामगरले जानकारी दिए ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ४९ बजे

अमेरिकी आक्रमण नरोकिएसम्म हर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी

एजेन्सी– इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’

उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति

फुङ्लिङ– फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको

पर्यटकको रोजाइमा त्रिवेणी पाटन

मान्म– कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने

काठमाडौं– नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन