फिनल्याण्डका ‘युथ’ मन्त्रीहरुको सामाजिक सञ्जालमा प्रशंसा  « Khabarhub

फिनल्याण्डका ‘युथ’ मन्त्रीहरुको सामाजिक सञ्जालमा प्रशंसा 


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्वीरमा चार जना युवतीहरु छन् ।

हेर्दा निकै राम्रा कुनै मोडल भन्दा कम्ता नदेखिने उनीहरु वास्तवमा फिनल्याण्डका मन्त्रीहरु हुन् । फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले आफ्नो मन्त्रिमण्डलमा युवा र महिला मन्त्रीहरुलाई विशेष प्राथमिकताका साथ स्थान दिएकी हुन् ।

उनले शिक्षा मन्त्रीमा लि एण्डरसन, अर्थमन्त्रीमा कट्री कुलमिनी, गृहमन्त्रीमा मारिया ओहिसालोलाई नियुक्त गरेकी हुन् ।

शिक्षा मन्त्री बनेकी एण्डरसन ३२ वर्षकी भएकी छिन् । अर्थमन्त्रीको पद सम्हालेकी कुलमिनी पनि भर्खर ३२ वर्षकी पुगेको जनाइन्छ ।

गृहमन्त्री र प्रधानमन्त्री पनि ३५ वर्ष पुगेका छैनन् । उनीहरु दुबै जनाको उमेर ३४ वर्ष रहेको जनाइन्छ ।

अहिले युवा मन्त्रिमण्डलको चौतर्फी प्रसंशा भइरहेको छ ।

अधिकांश नेपाली फेसबुक प्रयोगकर्ताहरुले यो तस्वीरलाई नेपाली राजनीतिसँग जोडेर व्यंग्य गर्ने गरेका छन् । हाम्रोमा ७०–८० वर्ष पुगेकाहरु युवा नेता भन्दै हिँडेका देख्दा उदेक लाग्ने गरेको उनीहरुका तर्क छन् ।

अझ पद र सत्ताका लागि मरिमेटेको देख्दा देशको विकास कसरी हुन्छ ? भन्ने समेत तर्क गरेका छन् ।

त्यस्तै, नेपाली राजनीति युवाहरुको काँधमा आए नेपालले कोल्टे फेर्थ्यो कि भन्ने सम्मका तर्क पनि कतिपयका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  २ : २४ बजे

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन