फिनल्याण्डका ‘युथ’ मन्त्रीहरुको सामाजिक सञ्जालमा प्रशंसा  « Khabarhub

फिनल्याण्डका ‘युथ’ मन्त्रीहरुको सामाजिक सञ्जालमा प्रशंसा 


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिन यता एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । जुन तस्वीरमा चार जना युवतीहरु छन् ।

हेर्दा निकै राम्रा कुनै मोडल भन्दा कम्ता नदेखिने उनीहरु वास्तवमा फिनल्याण्डका मन्त्रीहरु हुन् । फिनल्याण्डकी प्रधानमन्त्री सान मरिनले आफ्नो मन्त्रिमण्डलमा युवा र महिला मन्त्रीहरुलाई विशेष प्राथमिकताका साथ स्थान दिएकी हुन् ।

उनले शिक्षा मन्त्रीमा लि एण्डरसन, अर्थमन्त्रीमा कट्री कुलमिनी, गृहमन्त्रीमा मारिया ओहिसालोलाई नियुक्त गरेकी हुन् ।

शिक्षा मन्त्री बनेकी एण्डरसन ३२ वर्षकी भएकी छिन् । अर्थमन्त्रीको पद सम्हालेकी कुलमिनी पनि भर्खर ३२ वर्षकी पुगेको जनाइन्छ ।

गृहमन्त्री र प्रधानमन्त्री पनि ३५ वर्ष पुगेका छैनन् । उनीहरु दुबै जनाको उमेर ३४ वर्ष रहेको जनाइन्छ ।

अहिले युवा मन्त्रिमण्डलको चौतर्फी प्रसंशा भइरहेको छ ।

अधिकांश नेपाली फेसबुक प्रयोगकर्ताहरुले यो तस्वीरलाई नेपाली राजनीतिसँग जोडेर व्यंग्य गर्ने गरेका छन् । हाम्रोमा ७०–८० वर्ष पुगेकाहरु युवा नेता भन्दै हिँडेका देख्दा उदेक लाग्ने गरेको उनीहरुका तर्क छन् ।

अझ पद र सत्ताका लागि मरिमेटेको देख्दा देशको विकास कसरी हुन्छ ? भन्ने समेत तर्क गरेका छन् ।

त्यस्तै, नेपाली राजनीति युवाहरुको काँधमा आए नेपालले कोल्टे फेर्थ्यो कि भन्ने सम्मका तर्क पनि कतिपयका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  २ : २४ बजे

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी