आफ्नो पार्टनरलाई आजै भन्नुहोस् यी कुरा « Khabarhub

आफ्नो पार्टनरलाई आजै भन्नुहोस् यी कुरा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जीवनमा आइपर्ने कतिपय समस्या वा दैनिक जीवनका कार्यलाई आफ्नो पार्टनरलाई जानकारी नगराउने बानी वा स्वभाव कतिपयको हुने गरेको छ । जसले गर्दा पार्टनर र तपाईबीचको संबन्धमा दूरी बढ्ने हुनसक्छ ।

यस्ता केही बिषयमा पार्टनरलाई नभन्दा यसले तपाईलाई नै असर पार्ने गर्दछ । त्यसैले यस्ता कुरा लुकाउनु भन्दा बताउनु जरुरी हुन्छ । अन्यथा दाम्पत्य सम्बन्धमा विश्वास गुम्दछ र दूरी बढ्न सक्छ । हामी केहि यस्ता विषय जानकारी गराउदैछौ, जसलाई तपाईले आफ्नो पार्टनरलाई भन्नु पर्ने हुन्छ । सुमधुर सम्बन्धका लागि जीवनसाथीलाई भन्नैपर्ने कुरा यस्ता छन्:

विचार तथा भावना

विवाह नगरिकन होस् वा विवाहपछि तपाई र तपाईको पार्टनर बीच आफ्नो विचारहरु साटासाट गर्नुपर्छ । अझ विशेषत पार्टनरबाट आफूले के अपेक्षा गरेको छ त्यो खुलस्त बताउन सक्नुपर्छ । यसले आफुले जीवन बिताउने मानिसको भाव बुझ्न र आफ्नो भावना बुझाउन मद्दत गर्छ । जसका कारण भबिष्यमा तपाई दुई बीच कुनै समस्या उत्पन्न हुदैन ।

एकान्त वा स्वतन्त्रता

कतिपय मानिस विवाहपछि आफु एक्लै बस्न रुचाउछन् । तर यस बिषयमा आफ्नो पार्टनरलाई जानरकारी नदिंदा यसले सम्बन्धमा असर पार्ने गर्दछ । यस्तोमा आफू किन एकान्तमा बस्न चाहेको हो त्यसबारे खुलेर पार्टनरलाई बताउनु पर्ने हुन्छ । यसले गर्दा तनाव व्यवस्थापन, योजना निर्माण, अध्ययन वा मनोरञ्जन लगायतका एकान्त बस्ने बिषयमा पार्टनरलाई जानकारी भई उनिहरु तपाईलाई यसका लागी सहयोग गर्दछन् । अन्यथा यस बिषयमा लामो झगडा समेत हुनसक्छ ।

सपिङ

विवाह अघि होस् वा विवाहपछि पार्टनरसंग सपिङ गर्ने बिषयमा मतमतान्तर रहने गरेको पाइन्छ । तर यहाँ तपाईको सपिङ¨ प्रतिको धारणा र उपस्थिती कस्तो हुने गरेको छ त्यसबारे आफ्नो पार्टनरलाई जानकारी गराउन सकेको खण्डमा सबै सपिङको समस्या समाधान हुनेछ । आफुले के किन्ने ? कस्तो बस्तुको खरिदमा चासो छ ? वा क्ष्ँमता अनुसारको सपि¨ गर्ने बिषयमा दुबै बिच धारणा मिल्न जान्छ । यसका लागी पार्टनरलाई आफ्नो सपिङ प्रतिको धारणा बताउनुहोस् ।

परीवारका सदस्य

विवाहपछि अधिकाशं पार्टनर बिच परीवारका सदस्यले गरीदिएका ब्यवहार र बोलिका कारण विवाद उत्पन्न हुने गर्दछ । जसले गर्दा दुई पार्टनरबिच परीवारका सदस्य नै झगडाको कारण बनिदिन्छन् । त्यसैले आफ्नो पार्टनरलाई आफ्नो परीवारका सदस्यका ब्यवहारका बिषयमा जानकारी गराउनु पर्छ । यसले कालान्तरमा हुनसक्ने पार्टनरबिचको विवाद, विवाद हुनुअघि नै सुल्झन सक्छ ।

समस्या वा तनाव

यदि तपाई कुनै तनाव वा समस्यामा हुनुहुन्छ भने यसबारे आफ्नो पार्टनरलाई सकेसम्म चाडो बताउनुहोस् । जसले तपाईको समस्या र सम्बन्धमा आउने अड्चन वा खतरालाई घटाउन वा त्यसबाट बच्न पार्टनरले समेत सहायता गर्न सक्छन् । त्यसैले पार्टनर चिन्तामा आउला वा रीसाउला भनेर कुरा लुकाउनुको सट्टा खुलस्त रुपमा बताउनुहोस् ।

शारीरीक सम्बन्ध

कतिपय अवस्थामा तपाईं सहवासका लागी तयार हुनुहुन्न तर तपाईको पार्टनरले यसका लागी आग्रह वा कर गरीरहेका छन् भने तपाईले यस बिषयमा भन्नुपर्ने हुन्छ । सहवास प्रति अनिच्छा छ भनेर त्यसका लागी तयार नुहने वा रीसाएर बस्नु भन्दा बोल्नु राम्रो विकल्प हो । यसले तपाईको पार्टनरलाई तपाईको भावना बुझ्न मद्दत गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ३८ बजे

प्रतिनिधिसभा बैठक : पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।

भेनेजुएलामा भूकम्प: ज्यान गुमाउनेको संख्या २३५ पुग्यो, चार हजार बढी घाइते

काठमाडौँ – उत्तरी भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पमा परी

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि