ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय « Khabarhub

ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा शिक्षकलाई मृत्युदण्डको सजाय


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान– पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई मृत्युदण्ड सजाय सुनाइएको छ । पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा जुनैद हफिजलाई सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो ।

अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए । हफिजका वकिलले फैसलालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन् ।

पाकिस्तानमा धर्मनिन्दालाई गम्भीर रूपमा हेर्ने गरिन्छ। र आरोप मात्रै लागेकाहरू पनि अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन् ।

हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा एकजना बन्धुकधारीबाट मारिएका थिए ।

जेलभित्रै अन्य बन्दीहरूबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा कैद गरिएको थियो । अदालतको फैसला उनलाई राखिएको मुल्तान शहरस्थित केन्द्रीय कारागारमा सुनाएको हो ।

अमेरिकामा अध्ययनपश्चात पाकिस्तान फर्किएका हफिजले बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए र त्यहाँबाटै उनी पक्राउ परेका थिए ।

धर्मनिन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन ।

अभियोजनकर्ता वकिलहरूले भने फैसलापछि ‘ईश्वरको निन्दा गर्नेलाई मृत्यु’ भन्दै नारावाजी गरेर र आपसमा मिठाई बाँडेर खुसीयाली मनाएका थिए ।

एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै ‘दु:खी र आश्चर्यचकित’ भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ । पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ ।

इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ । सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ११ : ४८ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको