अपहरणकारीले गाउँपालिका अध्यक्षको कञ्चटमा राखेका थिए पेस्तोल « Khabarhub

अपहरणकारीले गाउँपालिका अध्यक्षको कञ्चटमा राखेका थिए पेस्तोल


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबार मध्यराति दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही पत्नीसहित अपहरणमा परे ।

मध्यरातमा ‘हामीले बाटो बिरायौं । ठाँटीकाँध बजार जाने बाटो कुन हो ?’ भन्दै ढोका ढकढक पारेपछि अध्यक्ष धीरबहादुर शाही पत्नी इलाले ढोका खोलिन् ।

गाउँपालिकाका अध्यक्ष धीरबहादुरका भाइ हस्तबहादुरका अनुसार इला(भाउजु) ले ढोका खोल्दा श्रीमान् धीरबहादुर पनि सँगै थिए ।

नकाव लगाएका मानिसहरुले अध्यक्ष धीरबहादुरको कन्चटमा पेस्तोल ताके र हामीसँग हिँड् भने ।

नकाव लगाएका मानिसहरुको समूहले शाहीलाई लैजान खोजेपछि इलाले प्रतिवाद गरिन् । किन र कहाँ लैजाने भनेर उनले प्रश्न गर्न थालेपछि केही बरे तनाव भएको थियो । तर नकाव लगाएका समूहले लैजाने भएपछि इलापनि उनीहरुसँगै पछि लागेकी थिइन् ।

करिब दुई घण्टा हिँडाएर वडा नं. २ को जंगलमा पुर्‍याएपछि इलालाई नकावधारी समूहले फर्कन भन्यो । तर उनले मानिनन् । नकावधारी समूहले जे पनि हुन सक्ने भन्दै धम्की दिएपछि उनी फर्किइन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेकी इलाले नकावधारी समूहका एक जनाले राजनीतिक विषयमा कुराकानी गर्नु परेको र केही समयमा छोडिदिने भन्दै आफूलाई फर्काएको बताइन् ।

दाइ भाउजु नै अपहरणमा परेपछि भाइ हस्तबहादुर केही स्थानीयसहित खोज्न गएका थिए । दाइ भाउजु खोज्न आफू बिहानै गुईच्याखर्क जंगलमा पुगेको र भाउजु इलालाई भेट्टाएको उनले बताए । अहिले हामी जंगलमा कालीकोटको भर्ता टावर तर्फ दाइको खोजी भइरहेको उनको भनाइ छ ।

दैलेख जिल्ला प्रहरीका प्रमुख डिएसपी हरिबहादुर ओलीले अध्यक्ष शाही र उनको श्रीमतीको अपहरणको सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरिएको बताए। प्रदेश प्रहरी कार्यालय र जिल्लाबाट समेत खोजी तीव्र बनाइएको उनको भनाइ छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले अज्ञात समूहबाट अध्यक्ष धीरबहादुर शाही र इला शाहीलाई अपहरण गरिएको जानकारी आएको र इलालाई बीच वनमा छोडेको खबर पाएको बताए । अध्यक्ष शाहीको अवस्थाबारे खोजी भइरहेको बताए । तर कसले किन शाहीको अपहरण गरेको भन्नेबारे केही प्रष्ट नभएको बताए ।

शाहीको अपहरण विप्लव नेतृत्वको समूहबाट भएको आशंका गरिएको छ । यद्दपी विप्लव समूहले भने यसको औपचारिक जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  २ : २७ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो