सुनसरीमा अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद « Khabarhub

सुनसरीमा अत्याधुनिक हतियारसहित ९ हजार राउण्ड गोली बरामद


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ भरौलमा अत्याधुनिक हतियार  र विभिन्न ९ हजार राउण्ड गोली फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले स्थानीयको कुखुरा खोरको जमिनमुनि लुकाएको अवस्थामा हतियार र ९ हजार राउण्ड गोली बरामद गरेको हो ।

गोप्य सूचनाको आधारमा हतियारको खोजीमा निस्किएको प्रहरी टोलीले जमिन खनेर हतियार र गोली बरामद गरेको हो ।

प्रहरीले हतियार फेला पारेको क्षेत्रमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी शुरु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकारीले द्वन्द्वकालका बेला तत्कालीन माओवादीका सेनाहरुले प्रयोग गरेको हतियार लुकाएर राखिएको हुनसक्ने बताए ।

आइतबार बरामद भएका हतियारको प्रकारबारे प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन । तर, जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतले आइतबार बरामद भएका हतियारमा सर्ट मेसिन गन (एसएमजी) छन् । यद्यपि हतियारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ३ : ४३ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज