कीर्तिपुरमा खुल्यो एपीएफ स्कूलको छात्रावास « Khabarhub

कीर्तिपुरमा खुल्यो एपीएफ स्कूलको छात्रावास


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलको एपीएफ स्कूलको कीर्तिपुरस्थित नवनिर्मित छात्रावास भवनको आइतबार उद्घाटन गरिएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा अजयकुमारले सो भवनको उद्घाटन गरे । कार्यक्रममा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

सन् २००५ मा स्थापित नेपाल एपीएफ स्कूल सशस्त्र प्रहरी बलअन्तर्गत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रद्वारा निर्माण गरिएको शैक्षिक संस्था हो । एपीएफ स्कूल कीर्तिपुर नगरपालिका–७ चम्पादेवीमा अवस्थित छ ।

भारत सरकारको ४ करोड अनुदान सहयोगमा निर्मित दुईतले भवनमा छात्रावासका संरक्षकका लागि छुट्टै कक्ष, शयन कक्ष, प्रत्येक तलामा छात्राका लागि फर्निचरका साथै स्नानघर, सरसफाइको सुविधासहित ३२ कोठा छन् ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : २८ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र