फोन नम्बर सोध्न अब १९७ मा फोन गर्न नपर्ने, यस्तो छ उपाय « Khabarhub

फोन नम्बर सोध्न अब १९७ मा फोन गर्न नपर्ने, यस्तो छ उपाय


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अब कसैको फोन नम्बर पत्ता लगाउन १९७ मा फोन गर्न नपर्ने भएको छ । नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था व्यवस्था रहेकोमा अब टेलिकमको वेवसाइटबाट पनि नम्बरहरु हेर्न मिल्ने भएको हो ।

नेपाल टेलिकमको वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि टेलिकमको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ४ : ५८ बजे

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त

रातो मच्छिन्द्रनाथलाई महास्नान गराइयो

काठमाडौं– वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री