धनगढीलाई हराउँदै बुटवल प्लेअफमा « Khabarhub

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै बुटवल ब्लास्टर्स प्लेअफमा पुगेको छ।

बुटवलले एक्स्पर्ट धनगढी ब्लुजलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। जितसँगै बुटवलले अन्तिम खेलअघि ६ अंक जोडेको छ।

लगातार ४ खेल जितेर ८ अंक जोडेको चितवन राइनोज यसअघि नै प्लेअफमा पुगिसकेको छ। धनगढीले दिएको १४१ रनको लक्ष्य बुटवलले ३ विकेटको क्षतिमा १६.४ ओभरमा पूरा गर्‍यो। बुटवलको जितमा अफ्तबुद्धिन अहमेदले ५२ रन जोड्दा हर्ष टोङ्कले ४० रनको योगदान दिए। बलिङमा धनगढीका अनिल खरेलले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको धनगढी १ बल बाँकी रहदा १४० रनमा अलआउट भयो। धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ६१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा बुटवलका अभिनास बोहराले ४ विकेट र ललित भण्डारीले ३ विकेट लिए।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ४४ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप