धनगढीलाई हराउँदै बुटवल प्लेअफमा « Khabarhub

धनगढीलाई हराउँदै बुटवल प्लेअफमा


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै बुटवल ब्लास्टर्स प्लेअफमा पुगेको छ।

बुटवलले एक्स्पर्ट धनगढी ब्लुजलाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गरेको हो। जितसँगै बुटवलले अन्तिम खेलअघि ६ अंक जोडेको छ।

लगातार ४ खेल जितेर ८ अंक जोडेको चितवन राइनोज यसअघि नै प्लेअफमा पुगिसकेको छ। धनगढीले दिएको १४१ रनको लक्ष्य बुटवलले ३ विकेटको क्षतिमा १६.४ ओभरमा पूरा गर्‍यो। बुटवलको जितमा अफ्तबुद्धिन अहमेदले ५२ रन जोड्दा हर्ष टोङ्कले ४० रनको योगदान दिए। बलिङमा धनगढीका अनिल खरेलले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको धनगढी १ बल बाँकी रहदा १४० रनमा अलआउट भयो। धनगढीका लागि दीपेन्द्रसिंह ऐरीले ६१ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा बुटवलका अभिनास बोहराले ४ विकेट र ललित भण्डारीले ३ विकेट लिए।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ४४ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ