भारतीय सहयोगमा निर्मित सशस्त्र प्रहरी बल विद्यालयको छात्रावास हस्तान्तरण « Khabarhub

भारतीय सहयोगमा निर्मित सशस्त्र प्रहरी बल विद्यालयको छात्रावास हस्तान्तरण


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि सुविधासम्पन्न छात्रावासको निर्माण भएको छ ।

भारत सरकारको रु चार करोड भन्दाबढीको अनुदान सहयोगमा कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा ३२ कोठे दुईतले छात्रावास भवन निर्माण भएको हो । सो भवन आज विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित भवनमा आज भएको एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख अजयकुमारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, नगरपालिकाका प्रमुख तथा चम्पादेवीका सामुदायिक नेतृत्वकर्ताको उपस्थितिमा भवन हस्तान्तरण गरे ।

उक्त भवन छात्रावास प्रमुखका लागि एउटा छुट्टै कक्ष, शयन कक्षका साथै प्रत्येक तलामा छात्राका लागि फर्निचरसहितका साथै स्नानघर, सरसफाइको सुविधायुक्त संरचना निर्माण गरिएका छन् ।

नवनिर्मित संरचनाले अध्ययन–अध्यापनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नियोग उपप्रमुखले राष्ट्रका शैक्षिक पूर्वाधार निर्माणमा नेपाल सरकारले थालेका प्रयासमा सघाउन पाएकामा भारत सरकारलाई खुशी लागेको बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ३० बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज