भारतीय सहयोगमा निर्मित सशस्त्र प्रहरी बल विद्यालयको छात्रावास हस्तान्तरण « Khabarhub

भारतीय सहयोगमा निर्मित सशस्त्र प्रहरी बल विद्यालयको छात्रावास हस्तान्तरण


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी बल विद्यालयका छात्राका लागि सुविधासम्पन्न छात्रावासको निर्माण भएको छ ।

भारत सरकारको रु चार करोड भन्दाबढीको अनुदान सहयोगमा कीर्तिपुर नगरपालिका चम्पादेवी–७ मा ३२ कोठे दुईतले छात्रावास भवन निर्माण भएको हो । सो भवन आज विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नवनिर्मित भवनमा आज भएको एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख अजयकुमारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, नगरपालिकाका प्रमुख तथा चम्पादेवीका सामुदायिक नेतृत्वकर्ताको उपस्थितिमा भवन हस्तान्तरण गरे ।

उक्त भवन छात्रावास प्रमुखका लागि एउटा छुट्टै कक्ष, शयन कक्षका साथै प्रत्येक तलामा छात्राका लागि फर्निचरसहितका साथै स्नानघर, सरसफाइको सुविधायुक्त संरचना निर्माण गरिएका छन् ।

नवनिर्मित संरचनाले अध्ययन–अध्यापनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै नियोग उपप्रमुखले राष्ट्रका शैक्षिक पूर्वाधार निर्माणमा नेपाल सरकारले थालेका प्रयासमा सघाउन पाएकामा भारत सरकारलाई खुशी लागेको बताए ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १० : ३० बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र