बोआओ फोरम : चीनले बिर्सियो नेपाल, सम्मेलनका लागि आएन निम्तो « Khabarhub

बोआओ फोरम : चीनले बिर्सियो नेपाल, सम्मेलनका लागि आएन निम्तो


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यसपटक ‘बोआओ फोरम’मा सहभागी नहुने भएको छ । चीनको हैनान प्रान्तमा हरेक वर्ष आयोजना हुने ‘बोआओ फोरम’ सम्मेलनमा निम्ता नगरिएकाले नेपाल सहभागी नहुने भएको हो ।

फोरमको वार्षिक सम्मेलन मंगलबार शुरु हुँदैछ । परराष्ट्र सचिव शंकरदास बैरागीले बोआओ फोरममा नेपालको सहभागिताबारे कुनै तयारी नभएको जानकारी दिएको आजको अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ ।

यसैगरी पत्रिकाले प्रदेश ३ का सांसदलाई खल्तीका आयोजना शीर्षकमा अर्को समाचार छापेको छ । खर्च प्रणाली वित्तीय अनुशासन उल्लंघन गर्दै प्रदेश ३ सरकारले हरेक सांसदलाई ५०–५० लाख रुपैयाँका दुई आयोजना दिने भएको छ ।

वित्तीय अनुशासन उल्लंघन गर्दै एक सांसदलाई दुई आयोजना दिँदा अपारदर्शी र जथाभावी ढंगले खर्च हुने जोखिम बढेको उल्लेख गरिएको छ । यही विषयमा सांसदहरु भन्छन्– संघीयता नै असफल हुने खतरा बढेको छ ।

त्यसैगरी पत्रिकाले ८४ करोड ६५ लाखमा दुई रेल शीर्षकमा अर्को समाचार छापेको छ । सरकारले भारतको कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई वटा रेल किन्न लागेको छ ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि रेल विभागले जी–टु–जी प्रक्रियाबाट रेल खरिद गर्न प्रक्रिया अघि बढाएको हो । सरकारले चालु वर्षको बजेटमा रेल किन्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

बजेटमा उपलब्ध रकमले दुईवटा रेल खरिद गर्न नसकिने भन्दै विभागले रकम थप्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको र रेल खरिद गर्न सहमति दिएको जनाइएको छ ।

सेना परिचालन विधेयकमा सन्देह शीर्षकमा पत्रिकाले सम्पादकीय लेखेको छ । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ संसदमा पेस गरेलगत्तै आशंकाको घेरामा परेको छ ।

विधेयकमा प्रधानमन्त्री एवं सुरक्षा परिषद् अध्यक्षले सिधै आफ्नो अधिकार उपयोग गरेर सेना परिचालन गर्न पाउने प्रावधान प्रस्तावित छ । फागुन मसान्तमा विधेयक पेस भएको थियो । त्यसमाराजनीतिक वृत्तदेखि सेनाभित्रसमेत टिप्पणी र बहस बाक्लिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : ५० बजे

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ