भारतविरुद्ध पाकिस्तानको बदला : आईपीएलमा लगायो प्रतिबन्ध « Khabarhub

भारतविरुद्ध पाकिस्तानको बदला : आईपीएलमा लगायो प्रतिबन्ध


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रसारणमा पाकिस्तानले प्रतिबन्ध लगाएको छ। क्रिकेटप्रेमीले धेरै रुचाएको खेल आईपीएल शनिबारदेखि शुरु हुँदैछ ।

पाकिस्तानमा पनि सर्वाधिक क्रेज रहेको यो खेल उद्घाटनको पूर्व सन्ध्यामा पाकिस्तानका सुचना तथा प्रशारण मन्त्री फवाद अहमद चौधरीले आईपीएललाई प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

पाकिस्तानको यो निर्णयलाई पाकिस्तान सुपर लिग (पीएसएल)को प्रशारणमा भारतले लगाएको प्रतिबन्धको बदलाका रुपमा लिइएको छ । भारतको पलुवामामा ४० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि भारतले घटनाको दोषी पाकिस्तान रहेको भन्दै पाकिस्तानी गतिविधिसहित पीएसएलमाथि प्रतिबन्ध लगाइएको थियो ।

‘पीएसएलका क्रममा भारतीय कम्पनी तथा सरकारले पाकिस्तान क्रिकेटमाथि गरेको व्यवहार त्यति सहज थिएन । त्यही भएर हामी आईपीएल पाकिस्तानमा देखाउन सक्दैनौं,’ मन्त्री चौधरीले उल्लेख गरेको कुरा पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

मन्त्री चौधरीले आफुहरु क्रिकेट र राजनीतिलाई फरक रुपमा हेर्न चाहने समेत बताए । उनले भारतीय क्रिकेट टिमले अस्ट्रेलियामा भ्रमणका क्रममा भारतीय सेनाको क्याप प्रयोग गरेको उल्लेख गर्दै उक्त विषयमाथि कुनै कारबाही नभएकोमा असन्तुष्टि जनाएका छन् ।

‘मलाई लाग्छ यदि आईपीएल पाकिस्तानमा प्रशारण गरिएन भने यसले आईपीएल र भारतीय क्रिकेटमा अवसर गर्नेछ । हामी विश्व क्रिकेटको शीर्ष स्थानमा छौं,’ मन्त्री चौधरीले भनेका छन् ।

आईपीएल मार्च २३ अर्थात् शनिबारदेखि शुरु भएर मे ४ सम्म चल्लनेछ । उद्घाटन खेलमा साविक विजेता टोली चेन्नाई सुपर किङ्स र विराट कोहरीको टिम रोयल च्यालेन्जर्य बङ्लोरुले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ५३ बजे

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका