प्रदेश नम्बर १ का सबै स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा « Khabarhub

प्रदेश नम्बर १ का सबै स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर–  प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो ।

एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प्रदेश १ का जडिबुटी आयुर्वेदविज्ञ समितिका सचिव तीर्थ आचार्यले जानकारी दिए । प्रदेश १ मा आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक पद्धतिको उपचार एकै ठाउँबाट कतिपय स्वास्थ्य संस्थामा शुरु भइसकेको छ भने कतिपयमा संरचना निर्माणको काम भइरहेको छ ।

आयुर्वेद औषधालय र जिल्ला अस्पतालको स्तरवृद्धि गरी पहिलोपटक होमियोपेथिक उपचार शुरु गर्न प्राविधिक जनशक्ति छनोट गरी काम शुरु भइरहेको प्रदेश नं १ का स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले बताए ।

मन्त्रालयको निर्णयसँगै ताप्लेजुङ, पाँचथर, इलाम, दमक, उर्लाबारी, कटारी र भोजपुर जिल्ला अस्पतालबाट एलोपेथिकसँग आयुर्वेद सेवा प्रदान गरिने भएको हो । यस्तै इलाम, धनकुटा, इनरुवा, गाईघाट, ओखलढुङ्गा जिल्ला अस्पताल र झापा, मोरङका आयुर्वेद अस्पतालमा एलोपेथिक, आयुर्वेदिक र होमियोपेथिक उपचार सेवा शुरु गर्न बजेटकोे व्यवस्थापनसमेत भइसकेको जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव आचार्यले बताए ।

एक स्वास्थ्य संस्थामा ३ थरीको उपचार पद्धतिको सेवा दिन मन्त्रालयले चालू आर्थिक वर्षमा प्रत्येक जिल्ला अस्पताललाई १ करोड २६ लाख रुपैयाँका दरले बजेट प्रदान गरको छ । एकीकृत स्वास्थ्य सेवाका लागि मन्त्रालयले आयुर्वेद औषधालयमा २८ र होमियोपेथिक उपचार सेवाका लागि १४ चिकित्सक र स्वास्थ्यकर्मी करारमा थप गरी सेवा शुरु गरेको हो ।

सरकारीस्तरबाट काठमाडौंमा मात्रै सीमित रहेको होमियोपेथिक उपचार पद्धतिको उपचार सेवा सरकारीस्तरबाट शुरु गर्न ठाउँठाउँमा स्वास्थ्य शिविरसमेत गर्ने काम भइरहेको प्रदेश नं १ स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले जनाएको छ । बिरामीले आफ्नो छनोटअनुसार उपचार सेवा प्राप्त गर्न एकीकृत स्वास्थ्य सेवाको व्यवस्था गर्ने र सरकारीस्तरबाट सेवा नदिइएको होमियोपेथिक उपचार पद्धतिको प्रदेश तथा जिल्ला संरचना निर्माणका लागि काम भइरहेको सचिव आचार्यले जानकारी दिए ।

आर्चायका अनुसार समितिले होमियोपेथिक उपचार सेवा जनतामा पुर्‍याउन संरचना बनाउने बारेमा कार्ययोजना निर्माणको काम भइरहेको छ । बिरामीले निजी स्वास्थ्य संस्थाबाट मात्रै उपचार पाउँदै आएको होमियोपेथिक उपचार पद्धतिलाई प्राथमिकता साथ सेवा शुरु गर्न मन्त्रालयले एक साताअघि दुईदिने स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । तीस होमियोपेथिक चिकित्सकले सेवा प्रदान गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० बढीले स्वास्थ्य जाँच गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : २२ बजे

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ दिवस : मुख्यसचिवसहित छ जना सम्मानित

काठमाडौं– काठमाडौंस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु

काठमाडौं– नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही