प्रदेश नम्बर १ का सबै स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा « Khabarhub

प्रदेश नम्बर १ का सबै स्वास्थ्य संस्थामा एकीकृत स्वास्थ्य सेवा


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


विराटनगर–  प्रदेश नं १ का अस्पतालमा आउने बिरामीले आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक उपचार सेवा एकै ठाउँबाट पाउने भएका छन् । एउटै स्वास्थ्य संस्थामा तीनवटै पद्धतिको उपचार प्रदान गर्न प्रदेश सामाजिक विकास मन्त्रालयले ४० बढी चिकित्सक र स्वास्थ्यकर्मी थप गरी सेवा विस्तार शुरु गरेको हो ।

एकै स्वास्थ्य संस्थाबाट तीन पद्धतिको उपचार प्रदान गर्न प्रदेश सरकारले एकीकृत स्वास्थ्य सेवा शुरु गरेको प्रदेश १ का जडिबुटी आयुर्वेदविज्ञ समितिका सचिव तीर्थ आचार्यले जानकारी दिए । प्रदेश १ मा आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक पद्धतिको उपचार एकै ठाउँबाट कतिपय स्वास्थ्य संस्थामा शुरु भइसकेको छ भने कतिपयमा संरचना निर्माणको काम भइरहेको छ ।

आयुर्वेद औषधालय र जिल्ला अस्पतालको स्तरवृद्धि गरी पहिलोपटक होमियोपेथिक उपचार शुरु गर्न प्राविधिक जनशक्ति छनोट गरी काम शुरु भइरहेको प्रदेश नं १ का स्वास्थ्य निर्देशक भोगेन्द्र डोटेलले बताए ।

मन्त्रालयको निर्णयसँगै ताप्लेजुङ, पाँचथर, इलाम, दमक, उर्लाबारी, कटारी र भोजपुर जिल्ला अस्पतालबाट एलोपेथिकसँग आयुर्वेद सेवा प्रदान गरिने भएको हो । यस्तै इलाम, धनकुटा, इनरुवा, गाईघाट, ओखलढुङ्गा जिल्ला अस्पताल र झापा, मोरङका आयुर्वेद अस्पतालमा एलोपेथिक, आयुर्वेदिक र होमियोपेथिक उपचार सेवा शुरु गर्न बजेटकोे व्यवस्थापनसमेत भइसकेको जडीबुटी आयुर्वेदविज्ञ समितिका सचिव आचार्यले बताए ।

एक स्वास्थ्य संस्थामा ३ थरीको उपचार पद्धतिको सेवा दिन मन्त्रालयले चालू आर्थिक वर्षमा प्रत्येक जिल्ला अस्पताललाई १ करोड २६ लाख रुपैयाँका दरले बजेट प्रदान गरको छ । एकीकृत स्वास्थ्य सेवाका लागि मन्त्रालयले आयुर्वेद औषधालयमा २८ र होमियोपेथिक उपचार सेवाका लागि १४ चिकित्सक र स्वास्थ्यकर्मी करारमा थप गरी सेवा शुरु गरेको हो ।

सरकारीस्तरबाट काठमाडौंमा मात्रै सीमित रहेको होमियोपेथिक उपचार पद्धतिको उपचार सेवा सरकारीस्तरबाट शुरु गर्न ठाउँठाउँमा स्वास्थ्य शिविरसमेत गर्ने काम भइरहेको प्रदेश नं १ स्वास्थ्य सेवा निर्देशनालय धनकुटाले जनाएको छ । बिरामीले आफ्नो छनोटअनुसार उपचार सेवा प्राप्त गर्न एकीकृत स्वास्थ्य सेवाको व्यवस्था गर्ने र सरकारीस्तरबाट सेवा नदिइएको होमियोपेथिक उपचार पद्धतिको प्रदेश तथा जिल्ला संरचना निर्माणका लागि काम भइरहेको सचिव आचार्यले जानकारी दिए ।

आर्चायका अनुसार समितिले होमियोपेथिक उपचार सेवा जनतामा पुर्‍याउन संरचना बनाउने बारेमा कार्ययोजना निर्माणको काम भइरहेको छ । बिरामीले निजी स्वास्थ्य संस्थाबाट मात्रै उपचार पाउँदै आएको होमियोपेथिक उपचार पद्धतिलाई प्राथमिकता साथ सेवा शुरु गर्न मन्त्रालयले एक साताअघि दुईदिने स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । तीस होमियोपेथिक चिकित्सकले सेवा प्रदान गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० बढीले स्वास्थ्य जाँच गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १२ : २२ बजे

हङकङको आगलागीले बिर्सायो २९ वर्षअघिको घटना, चुनाव नै सार्ने तयारी

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा लागेको भीषण आगलागीमा

निवेदन लेखाउन सहयोग लिनुपर्ने समस्याको अन्त्य

म्याग्दी– यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीले निवेदन लेखाउन पैसा तिरेर

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मध्यपश्चिम विश्वविद्यालय

कर्णाली– मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको

लुम्बिनीका दुवै ओपरन आउट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को बिहीबारको

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं– जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको