आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र आउन विप्लवलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र आउन विप्लवलाई प्रधानमन्त्रीको आग्रह


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् ।

गौतमवुद्ध विमानस्थलको अवलोकनका लागि पुगेका प्रधानमन्त्रीले विप्लव समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए । उनले सीके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए ।

पत्रकारले सोधेको प्रश्नका जवाफमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए ।

प्रधानमन्त्री ओली बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही पुगेका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  २ : ४७ बजे

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन