शेयरमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहित « Khabarhub

शेयरमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहित


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका पत्रपत्रिकाले श्रीलंकामा श्रृंखलाबद्ध बम हमलाको समाचारलाई मुख्य समाचारका रुपमा छापेका छन् ।

राजधानी दैनिकले चर्च र होटेललक्षित श्रृंखलाबद्ध बम विष्फोटमा २०७ बढीको मृत्यु भएको समाचारलाई मुख्य समाचारका रुपमा लेखेको छ ।

त्यसै पत्रिकाले नेकपा एकताको समाचारालाई पनि पहिलो पृष्ठमा लेखेको छ । ‘जुट्यो सहमति आज घोषणा हुँदै’ शीर्षकमा समाचार छापेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा)को एकता टुंगो लागेको हो । शीर्ष नेताबीच सहमति जुटेपछि (सोमबार) आज जिल्ला कमिटीको घोषणा हुँदैछ । ३ जेटमा तत्कालीन एमाले र माओवाी केन्द्रबीच एकता भएको थियो ।

राजधानीले शेयर बजारको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । शेयरमा १ अर्ब बढी कारोबार, लगानीकर्ता उत्साहित भएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले संघीयता कार्यान्वयनमा जुट्नु कर्मचारीको दायित्व शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले ढिलै भए पनि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया सम्पन्न गरेको छ ।

यद्यपि यो समायोजन प्रक्रिया वैज्ञानिक भने बन्न सकेन । त्यसैले  अहिले  कर्मचारी व्यवस्थापनमा विभिन्न समस्या देखिन थालेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ०४ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,