शेयरमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहित | Khabarhub Khabarhub

शेयरमा १ अर्ब बढीको कारोबार, लगानीकर्ता उत्साहित


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका पत्रपत्रिकाले श्रीलंकामा श्रृंखलाबद्ध बम हमलाको समाचारलाई मुख्य समाचारका रुपमा छापेका छन् ।

राजधानी दैनिकले चर्च र होटेललक्षित श्रृंखलाबद्ध बम विष्फोटमा २०७ बढीको मृत्यु भएको समाचारलाई मुख्य समाचारका रुपमा लेखेको छ ।

त्यसै पत्रिकाले नेकपा एकताको समाचारालाई पनि पहिलो पृष्ठमा लेखेको छ । ‘जुट्यो सहमति आज घोषणा हुँदै’ शीर्षकमा समाचार छापेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा)को एकता टुंगो लागेको हो । शीर्ष नेताबीच सहमति जुटेपछि (सोमबार) आज जिल्ला कमिटीको घोषणा हुँदैछ । ३ जेटमा तत्कालीन एमाले र माओवाी केन्द्रबीच एकता भएको थियो ।

राजधानीले शेयर बजारको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । शेयरमा १ अर्ब बढी कारोबार, लगानीकर्ता उत्साहित भएको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले संघीयता कार्यान्वयनमा जुट्नु कर्मचारीको दायित्व शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारले ढिलै भए पनि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया सम्पन्न गरेको छ ।

यद्यपि यो समायोजन प्रक्रिया वैज्ञानिक भने बन्न सकेन । त्यसैले  अहिले  कर्मचारी व्यवस्थापनमा विभिन्न समस्या देखिन थालेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ०४ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको