विद्यार्थी भिसामा विदेशीद्वारा ईसाई धर्मको प्रचार, दुई जापानी निकालिए « Khabarhub

विद्यार्थी भिसामा विदेशीद्वारा ईसाई धर्मको प्रचार, दुई जापानी निकालिए


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले पनि श्रीलंकामा शृंखलाबद्ध विस्फोटको समाचारलाई नै मुख्य समाचारका रुपमा छापेको छ । विस्फोटमा ३५ विदेशीसहित २०७ जनाको मृत्यु भएको जनाएको छ ।

कोलम्बोमा ४५, नेगेमबोमा ९० र बट्टिकलोवामा ७२ जनाको मृत्यु भएको जनाएको छ । श्रीलंकाका राष्ट्रपतिद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै विस्फोटको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकालो नेकपा एकताको समाचारलाई पनि ‘टुंगियो जिल्ला एकता, घोषणा आज’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । सत्तारुढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको हो ।

त्यस्तै अन्नपूर्णले ‘सरकारी सवारीमा राइँदाइँ, एक अधिकृतलाई पुग्छन् दुई गाडी’ शीर्षकमा गृहमन्त्रालयमा अधिकृत स्तरका कर्मचारीका लागि ल्याइएका गाडीको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ ।

मन्त्रालयमा ९० जना अधिकृतस्तरका कर्मचारी रहेको र उनीहरुको प्रयोजनका लािग ल्याइएका गाडी भने १ सय ७४ रहेको उल्लेख गरेको छ ।

यसअनुसारकर्मचारी र सवारीसाधनको अनुपात १ः१.१३ हुन्छ । अर्थात एक अधिकृतको भागमा औसतमा दुई सवारी पर्ने हुन आउँने समाचारमा जनाइएको छ ।

त्यस्तै, पत्रिकाले दुई जापानी निकालिए शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको समाचारमा उल्लेख छ ।

उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।  कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए ।

विद्यार्थी भिसा लिएर धर्म  प्रचार गरेकाले उनीहरुलाई निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : ०१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा