श्रीलंका आक्रमणमा ७ आत्मघातीको संलग्नता रहेको खुलासा « Khabarhub

श्रीलंका आक्रमणमा ७ आत्मघातीको संलग्नता रहेको खुलासा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकामा भएका श्रृङ्खलाबद्ध बम आक्रमण ७ आत्मघातीले गराएको खुलासा भएको छ ।

श्रीलंका सरकारका फोरेन्सिक विशेषज्ञ आरियन्दना वेलियाङ्गाले समाचार संस्था एपीलाई जानकारी दिएअनुसार श्रीलंकाका होटल तथा गिर्जाघरमा गरी विभिन्न ६ स्थानमा गराइएको बम आक्रमणमा ७ जना आत्मघातीको संलग्नता छ ।

श्रीलंकाका विभिन्न ५ स्थानमा भएका बम विष्फोटनमा एक–एक आत्मघातीले आक्रमण गरेको तथा कोलम्बोको साङ्ग्रिला होटलमा भने २ आत्मघातीद्वारा आक्रमण भएको एपीले जनाएको छ ।

श्रीलंका प्रहरीका प्रवक्ता रुवान गुनसेकरालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २९० पुगिसकेको छ भने अरु ५ सय जनाभन्दा धेरै घाइते भएका छन् ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

आइतबार इस्टर सन्डे मनाउन भेला भएका इसाई धर्मावलम्बी तथा विदेशी पर्यटकलाई लक्षित गरी राजधानी कोलम्बोसहित श्रीलंकाका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम आक्रमण भएको थियो ।

थप स्थानमा आक्रमण हुनसक्ने आशंकामा हाल श्रीलंकाभर उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ । यसबीच आइतबार बेलुकी ६ बजेबाट जारी गरिएको निशेधाज्ञा भने तत्कालका लागि हटाइएको र सोमबार बेलुकी ८ बजेबाट पुनः निशेधाज्ञा जारी गरिने श्रीलंकाली सुरक्षा अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  २ : ३३ बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा