निर्मला हत्याकाण्डमा कमजोरी गर्नेमाथि कारबाही गर्दा पनि सुख पाइएन : आइजी खनाल « Khabarhub

निर्मला हत्याकाण्डमा कमजोरी गर्नेमाथि कारबाही गर्दा पनि सुख पाइएन : आइजी खनाल


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– प्रहरी महानिरीक्षक (आइजी) सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लाग्ने भन्दै असन्तुष्टि पोखेका छन् ।

प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको सुनाए ।

आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्मला हत्याकाण्डको अनुसन्धान अहिले पनि जारी रहेको बताए । निर्मला हत्या प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको उनको दाबी थियो ।

आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने आइजी खनालले बताए ।

प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

अहिलेसम्म विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिएर कानूनी कारबाही हुने उनको भनाइ थियो ।

प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रणाण नपुगेको कारण कारबाही गर्न नसकिएको बताए । बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुगे उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने खनालको भनाइ थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ४ : १९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष