बेरुजु फर्छ्योटमा उत्कृष्ट ९ प्रहरी पुरस्कृत | Khabarhub Khabarhub

बेरुजु फर्छ्योटमा उत्कृष्ट ९ प्रहरी पुरस्कृत


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्योटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालले पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन् ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिसी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागाई, सुमन कुमार थापा, नवराज सापकोटा र दिनेश तिमिल्सिना तथा प्रहरी जवान फनाधर खनाल छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताएका थिए ।

आर्थिक बर्ष २०७३÷७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट भएको थियो ।
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फछ्र्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको भन्दै नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ५७ बजे

गाउँमा डढेलो सल्किँदा १० घर जलेर नष्ट, दर्जनौँ पशुचौपाया हताहत

सल्लेरी– हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर

इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’

विशेषतः इलाममा उपनिर्वाचन हुँदै गर्दा तत्कालीन संविधानसभाका अध्यक्ष एवम् एमाले

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ

बुवाँखोलाको पानी जन्तेढुङ्गामा निकालिने

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर बस्तीमा निकाल्ने आयोजनाको

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित