चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन
सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरूमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।
बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला
सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् । सातै प्रदेशले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्छ ।

यसै प्रवाधन अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले बजेट ल्याएका हुन् ।
बजेट विश्लेषण गर्दा प्रदेशहरुले स्वास्थ्य पूर्वाधार निर्माण, विशेषज्ञ तथा विशिष्टीकृत सेवा विस्तार, डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन, मातृ तथा शिशु स्वास्थ्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्य बीमा, आपतकालीन स्वास्थ्य सेवा तथा आयुर्वेद सेवाको प्रवर्द्धनमा विशेष जोड दिएका छन् ।
प्रदेश बजेट : सुदूरपश्चिमले अझै सच्याउँदैछ, के छन् ६ प्रदेशको बजेटमा नयाँ विशेषता ?












प्रतिक्रिया