बेरुजु फर्छ्योटमा उत्कृष्ट ९ प्रहरी पुरस्कृत « Khabarhub

बेरुजु फर्छ्योटमा उत्कृष्ट ९ प्रहरी पुरस्कृत


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीको बेरुजु फर्छ्योटमा उत्कृष्ट कार्य गर्ने ९ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा महानिरीक्षक खनालले पुरस्कार तथा प्रशंसापत्र वितरण गरेका हुन् ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिसी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागाई, सुमन कुमार थापा, नवराज सापकोटा र दिनेश तिमिल्सिना तथा प्रहरी जवान फनाधर खनाल छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताएका थिए ।

आर्थिक बर्ष २०७३÷७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट भएको थियो ।
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा बादलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फछ्र्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको भन्दै नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ६ : ५७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष