किन रोइन् स्वस्तिमा ‘हजार जुनीसम्म’ को शूटिङमा ? | Khabarhub Khabarhub

किन रोइन् स्वस्तिमा ‘हजार जुनीसम्म’ को शूटिङमा ?


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समयकी ‘हट’ नायिकामा पर्छिन् नायिका स्वस्तिमा खड्का । फिल्म ‘बुलबुल’ मार्फत अभिनयमा जादु देखाएकी स्वस्तिमाले फिल्म ‘कुटुमा कुटु’ गीतको भिडियोबाट पनि उत्तिकै चर्चामा थिइन् । यतिबेला भने स्वस्तिमाले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘हजार जुनीसम्म’ को गीत सार्वजनिक गरिएको छ ।

सोमवार काठमाडौंमा फिल्मको ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिकीकरण कार्यक्रममा स्वस्तिमाले फिल्म ‘हजार जुनीसम्म’ को छायांकनका बेला आफूले रुनुपरेको बताइन् ।

‘विकास दाइ मेरा लागि ड्याडीजस्तो हुनुहुन्छ, उहाँले मलाई हरेक फिल्ममा गाली पनि गर्नुहुन्छ । यो फिल्मको शूटिङमा त झन् कराउनुभयो, म रोएँ । रमाइलो पनि भयो, मलाई छोरीजस्तो गर्नुहुन्छ ।’, स्वस्तिमाले सुनाइन् । उनले यसो भन्दा नजिकै उभिएका निर्देशक विकासराज आचार्य मुसुमुस हाँसे । स्वस्तिमाले फिल्मका लागि निकै मेहनत गरेको पनि बताइन् ।

विकास राज आचार्यले निर्देशन गरेको ‘हजार जुनीसम्म’ मा सामीप्यराज तिमिल्सिना र निर्देशक आचार्यको स्किृप्ट र कथा छ । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ७ : २५ बजे

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न