सरकारको बजेट : चालु खर्च झागिँदै, पुँजी खर्च खुम्चिँदै « Khabarhub

सरकारको बजेट : चालु खर्च झागिँदै, पुँजी खर्च खुम्चिँदै


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा देश विकासले गति लिने अपेक्षा आम नेपालीको थियो । त्यसमा पनि नयाँ संविधान जारी भएसँगै लामो समयदेखिको अस्थिर राजनीतिक अवस्थालाई अन्त्य गर्दै देशमा स्थिर राजनीतिक अवस्था आएको छ । यो अवस्थामा देशको चौतर्फी विकास हुने अपेक्षा धेरैको थियो । तर, आम सर्वसाधारणले सोचेको जस्तो अवस्था आउन सकेको छैन ।

देश लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुग्दा पनि राज्यले विकासका कामलाई गति दिन सकेको छैन । अनि चालु खर्च र विकासको अन्तर पनि फराकिलो बन्दै गएको छ । अर्थमन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार पनि चालु खर्च बढ्दा विकास खर्च भने घट्दो अवस्थामा छ ।

अर्थ मन्त्रालयको तथ्याङ अनुसार आर्थिक वर्ष २०६३/६४ मा ७७ अर्ब १२ करोड चालु खर्च भएको थियो भने विकासमा ३९ अर्ब ७२ करोड रुपैयाँ विकास बजेटमा खर्च भएको थियो । मन्त्रालयको ताथ्याङकलाई हेर्न हो भने गणतन्त्र आएसँगै चालु खर्च र विकास खर्चबीचको दुरी झनझन बढ्दै गएको पाईएको छ ।
आव २०६४/६५ मा चालु खर्च ९१ अर्ब ४४ करोड र विकास खर्च ५३ अर्ब ५१ करोड विकास भएको थियो । त्यस्तै आव २०६५/६६ मा १ खर्ब २७ अर्ब चालु खर्च थियो भने विकास खर्च ७३ अर्ब ८ करोड थियो ।

यस्तो छ खर्च विवरण

२०७० सालको पछिको आकडा हेर्न हो भने चालु खर्च झनै बढेको छ । आव २०७०/७१ मा विकास खर्च ६६ अर्वमा सीमित रहेको तथ्याङमा उल्लेख छ । चालु खर्चले भने ३ खर्ब बढी नाघेको थियो । त्यस्तै आव २०७१/७२ मा चालु खर्च ३ खर्ब ३९ अर्ब चालु रहयो भने विकास खर्च ८८ अर्ब ८४ करोडमा मात्र सीमित भयो । आव २०७२/७३ मा विकास खर्चले १ खर्बको फड्को मार्दै १ खर्ब २३ अर्ब पुजीगत लगानी गर्‍यो । चालु खर्च ३ खर्ब ७१ अर्व कायम भयो ।

२०७३/७४ मा पनि चालु खर्च ५ खर्ब १८ अर्ब र विकास खर्च भने २ खर्ब ८ अर्ब भयो । त्यस्तै आव २०७४/७५मा ६ खर्ब ९६ अर्ब चालु खर्च हुँदा पुँजीगत(विकास) खर्च २ खर्ब ७० अर्ब भएको थियो ।

आर्थिक वर्ष २०७५/७६को वैशाख मन्सातसम्म १ खर्ब ३० अर्ब मात्र विकास तर्फ खर्च भएको छ ।

विकसित राष्ट्रहरुमा विकासे खर्चभन्दा चालु खर्च धेरै कम हुने गर्दछन् । विश्वका अविकसित र अर्ध विकासित मुलुकहरुमा मात्र देशहरुमा चालु खर्च विकास खर्चभन्दा बढी हुने विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार विकसित राष्ट्रयहरुले स्वचालित र कम्प्युटर प्रणालीलाइ बढी ग्राहयता दिएकाले चालु खर्चमा कमी आएको हो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४१ बजे

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश

रविले भने, ‘महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा

राष्ट्रहितको रक्षा गर्न क्रान्तिकारी शक्ति एक हुन आवश्यक : माधव नेपाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रहितको