सरकारको बजेट : चालु खर्च झागिँदै, पुँजी खर्च खुम्चिँदै | Khabarhub Khabarhub

सरकारको बजेट : चालु खर्च झागिँदै, पुँजी खर्च खुम्चिँदै


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा देश विकासले गति लिने अपेक्षा आम नेपालीको थियो । त्यसमा पनि नयाँ संविधान जारी भएसँगै लामो समयदेखिको अस्थिर राजनीतिक अवस्थालाई अन्त्य गर्दै देशमा स्थिर राजनीतिक अवस्था आएको छ । यो अवस्थामा देशको चौतर्फी विकास हुने अपेक्षा धेरैको थियो । तर, आम सर्वसाधारणले सोचेको जस्तो अवस्था आउन सकेको छैन ।

देश लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुग्दा पनि राज्यले विकासका कामलाई गति दिन सकेको छैन । अनि चालु खर्च र विकासको अन्तर पनि फराकिलो बन्दै गएको छ । अर्थमन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार पनि चालु खर्च बढ्दा विकास खर्च भने घट्दो अवस्थामा छ ।

अर्थ मन्त्रालयको तथ्याङ अनुसार आर्थिक वर्ष २०६३/६४ मा ७७ अर्ब १२ करोड चालु खर्च भएको थियो भने विकासमा ३९ अर्ब ७२ करोड रुपैयाँ विकास बजेटमा खर्च भएको थियो । मन्त्रालयको ताथ्याङकलाई हेर्न हो भने गणतन्त्र आएसँगै चालु खर्च र विकास खर्चबीचको दुरी झनझन बढ्दै गएको पाईएको छ ।
आव २०६४/६५ मा चालु खर्च ९१ अर्ब ४४ करोड र विकास खर्च ५३ अर्ब ५१ करोड विकास भएको थियो । त्यस्तै आव २०६५/६६ मा १ खर्ब २७ अर्ब चालु खर्च थियो भने विकास खर्च ७३ अर्ब ८ करोड थियो ।

यस्तो छ खर्च विवरण

२०७० सालको पछिको आकडा हेर्न हो भने चालु खर्च झनै बढेको छ । आव २०७०/७१ मा विकास खर्च ६६ अर्वमा सीमित रहेको तथ्याङमा उल्लेख छ । चालु खर्चले भने ३ खर्ब बढी नाघेको थियो । त्यस्तै आव २०७१/७२ मा चालु खर्च ३ खर्ब ३९ अर्ब चालु रहयो भने विकास खर्च ८८ अर्ब ८४ करोडमा मात्र सीमित भयो । आव २०७२/७३ मा विकास खर्चले १ खर्बको फड्को मार्दै १ खर्ब २३ अर्ब पुजीगत लगानी गर्‍यो । चालु खर्च ३ खर्ब ७१ अर्व कायम भयो ।

२०७३/७४ मा पनि चालु खर्च ५ खर्ब १८ अर्ब र विकास खर्च भने २ खर्ब ८ अर्ब भयो । त्यस्तै आव २०७४/७५मा ६ खर्ब ९६ अर्ब चालु खर्च हुँदा पुँजीगत(विकास) खर्च २ खर्ब ७० अर्ब भएको थियो ।

आर्थिक वर्ष २०७५/७६को वैशाख मन्सातसम्म १ खर्ब ३० अर्ब मात्र विकास तर्फ खर्च भएको छ ।

विकसित राष्ट्रहरुमा विकासे खर्चभन्दा चालु खर्च धेरै कम हुने गर्दछन् । विश्वका अविकसित र अर्ध विकासित मुलुकहरुमा मात्र देशहरुमा चालु खर्च विकास खर्चभन्दा बढी हुने विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार विकसित राष्ट्रयहरुले स्वचालित र कम्प्युटर प्रणालीलाइ बढी ग्राहयता दिएकाले चालु खर्चमा कमी आएको हो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४१ बजे

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको