ट्रम्पका पूर्व सल्लाहकारद्वारा कंग्रेसमा बयान दिन अटेर « Khabarhub

ट्रम्पका पूर्व सल्लाहकारद्वारा कंग्रेसमा बयान दिन अटेर


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार डोनाल्ड मक्गनले कंग्रेसले बोलाएको बयानमा अटेर गरी उपस्थित नभएपछि राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन कंग्रेससमक्ष दबाब बढ्दै गएको छ ।

यसअघि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको न्याय समितिले सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपको अनुसन्धान गरेका अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले बुझाएको अनुसन्धान प्रतिवेदनबारे ट्रम्पका पूर्व सल्लाहकार मक्गनलाई पत्र काटेर बयानका लागि हाजिर हुन निर्देशन दिएको थियो ।

उनी मुल्लरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्याय प्रणालीमा बाधा पु¥याएको भनिएको विषयमा महत्वपूर्ण साक्षी हुन् ।

यता, राष्ट्रपति ट्रम्पले भने कंग्रेसले बोलाएको बयानमा आफ्ना वर्तमान तथा पूर्व सहयोगीहरुलाई जानै नदिने दृढता व्यक्त गरेका छन् ।

पछिल्लो समय डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहेको कंग्रेसको तल्लो सदन र रिपब्लिकन राष्ट्रपतिबीच खिचातानी बढिरहेका बेला ट्रम्पका पूर्व सल्लाहकारले कंग्रेसले बोलाएको बयानका लागि अटेर गरेका हुन् ।

यता उक्त समितिका प्रमुख जेरी नाड्लरले भने पूर्व सल्लाहकार मक्गनलाई अदालती बाटो प्रयोग गरेरै भएपनि बयानका लागि डाक्ने अठोट लिएका छन् ।

राष्ट्रपति ट्रम्प तथा उनका पूर्व सल्लाहकारको यो कदमसँगै कंग्रेससमक्ष राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन दबाब बढेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपतिले कंग्रेसको अवहेलाना गरेको भन्दै उनीविरुद्ध महाअभियोग लगाउन दबाब बढेको जनाइएको छ ।

यसअघि मूल्लरले जारी गरेको अनुसन्धान प्रतिवेदनबारे कंग्रेससमक्ष बयानका लागि मुल्लरलाई नै डाक्ने विषयमा समेत कुरा उठेको बताइएको छ । यसअघि मुल्लरले भने सार्वजनिक भएको आफ्नो प्रतिवेदनबाहेक आफूसँग केही पनि भन्न बाँकी नरहेको भन्दै कंग्रेसको बयानमा पनि आफूले सोही प्रतिवेदनको परिधिमा रहेर जवाफ दिने बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक कंग्रसको सोही समितिले ट्रम्पका थप दुई पूर्व सहयोगीलाई पनि बयानका लागि डाकेको छ । समितिले ह्वाइट हाउसकी पूर्व सूचना निर्देशक होप हिक्स तथा ह्वाइट हाउसकै पूर्व कानूनी परामर्शदाता एनी डोनाल्डसनलाई बयानका लागि डाकेको हो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  २ : १० बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड प्रधानमन्त्री नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका