रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग सांसदको माग « Khabarhub

रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग सांसदको माग


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।त्यसैगरी राष्ट्रिय सभाका सांसदहरुले जंगली हात्ती नियन्त्रणका लागि आवश्यक प्रविधिको विकास गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बुधबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद विन्दादेवी आले रानाले २ महिनायता अभाव देखिएको रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् । उनले तत्काल रासायनिक मलको व्यवस्था नगरे कृषकहरु मारमा पर्नेतर्फ पनि सरकारलाई सचेत गराइन् ।

सांसद विना पोखरेलले जंगली हात्तीका कारण जनधनको क्षति हुने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक प्रविधिको विकास गर्न सरकारसँग माग गरिन् । उनले  जंगली हात्तीले मानिसको समेत ज्यान लिने गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको आरोप लगाइन् । सांसद डा. विमला पौडेल राईले सबै स्थानीय तहमा मानसिक अस्पतालको व्यवस्था गर्न माग गरिन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १ : ४८ बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार