चुनावी नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु « Khabarhub

चुनावी नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इण्डोनेशिया– इण्डोनेशियामा हालै भएको निर्वाचनको परिणाम बाहिरिएसँगै शुरु भएको हिंसामा परी कम्तीमा ६ जनाको ज्यान गएको छ ।

गत अप्रिल १७ मा भएको निर्वाचनको नतिजा बाहिरिएसँगै इण्डोनेशियामा हिंसा मच्चेको हो । नतिजामा वर्तमान राष्ट्रपति जोको ‘जोकोवी’ विदोदो विजयी भएको जनाइएपछि उनका प्रतिद्वन्द्वी प्राबोवो सुबियान्तोका समर्थकले धाँधली भएको भन्दै राजधानी जकर्तामा प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुले पेट्रोल बम, ढुङ्गामुढा प्रहार गरी ठाउँठाउँमा आगजनी गरेका थिए । जवाफमा प्रहरीले अश्रुग्याँस, रबरको गोली तथा पानीको फोहोरा प्रहार गरेको थियो ।

मंगलबार रातिबाट शुरु भएको यो झडप ५ घण्टासम्म जारी रहेको जनाइएको छ ।

झडपमा अन्य २ सय जना भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मतपरिणाम अनुसार राष्ट्रपति विदोदोले ५५.५ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सुबियान्तोले ४४.५ प्रतिशत मत प्राप्त गरेका छन् ।

निर्वाचनको परिणाम बाहिरिएपनि सुबियान्तोले निर्वाचन आयोगको औपचारिक कागजातमा हस्ताक्षर गर्न मानेका थिएनन् । उनले मुलुकका पाँच प्रान्तमा भएका मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गराउनुपर्ने अडान लिएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ३ : ५१ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले