असाधारण प्रतिभा भएकालाई युएईमा गोल्डेन भिसा « Khabarhub

असाधारण प्रतिभा भएकालाई युएईमा गोल्डेन भिसा


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिसा जारी गर्ने भएको छ ।

त्यहाँ सरकारले लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका स्वदेशी तथा विदेशी नागरिकका हकमा यो कार्यक्रम सञ्चालनमा ल्याएको छ । उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिसा कार्यक्रमको शुरूवात गरिएको हो ।

गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ भएका नागरिकलाई प्रदान गरिने भएको छ । यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले जारी गरिएको एक विज्ञप्तिमा भनेका छन् । ‘हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य पाहुना र विकासका सहयोगीका रुपमा लिएका छौं ।’

प्रधानमन्त्रीको पछिल्लो योजना खाडी मुलुकमा विदेशी लगानीकताका लागि ठूलो महत्वकांक्षी योजना रहेको छ । खाडीका देशमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रयोजन कार्यक्रम थियो । अब भने सुनौलो (गोल्डेन) भिसा कार्यक्रम लागू गरिने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : १५ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी