आमा लागुऔषध कारोबारी, छोराहरु दुर्व्यसनी | Khabarhub Khabarhub

आमा लागुऔषध कारोबारी, छोराहरु दुर्व्यसनी


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा अवैध लागू औषधको कारोबार गर्ने एक महिलाले आफ्नै छोरालाई लागू औषध सेवन गराउने गरेको खुलासा भएको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर १६ की ५० वर्षीया सावित्री श्रेष्ठले भारतीय सिमाबाट लागू औषध नियन्त्रित मनोद्धिपक पदार्थ एम्पुल मगाई आफ्नै घरबाट बिक्री वितरण गर्ने क्रममा उनका छोराहरु नै कुलतमा फसेको पाइएको जानकारी गराएको हो ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यूरोका एसएसपी बसन्तकुमार लामाले घरबाटै लागू औषध विक्री वितरण गर्ने क्रममा निज श्रेष्ठका दुई वटा छोराहरु पनि लागू औषधको लतमा फसेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए ।

गत मंगलबार निज श्रेष्ठलाई प्रहरीले लागू औषध नियन्त्रित मनोद्धिपक लागू औषधहरु डाइजेपाम, बुप्रेनोर्फिन, फेनार्गन जस्ता लागू औषध विक्री वितरण गरी संकलन गरेको १ लाख ४१ हजार रुपैयाँसहित नयाँ बसपार्कबाट पक्राउ गरेको थियो । प्रहरीले श्रेष्ठको कोठाबाट डाइजेपाम ६७० एम्पुल,बुप्रेनोर्फिन ५६१ एम्पुल,फेनार्गन ५६० एम्पुल पनि बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले लागू औषध चरेशसहित झापाका संजय दर्जी, मनोज दर्जी, धनकुटा घर भई हाल सुनसरीको इटहरी बस्दै आएका कुमार गुरुङलाई पनि पक्राउ गरेको छ ।

एसएसपी लामाले उनीहरुलाई १७ केजी चरेशसहित झापा जिल्लाको टोकला चिया बगानबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : २५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर