मिक्लाजुङ हत्याकाण्डः ‘पारिवारिक कलहले भयानक दुर्घटना’ | Khabarhub Khabarhub

मिक्लाजुङ हत्याकाण्डः ‘पारिवारिक कलहले भयानक दुर्घटना’


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्याले आरुबोटेका स्थानीय मात्रै होइन आम नेपाली शोकमा छन् ।

उक्त घटना भएको केही समयपछि घटनास्थल नजिकै सोही गाउँपालिका–७ लिम्बाका ३१ वर्षीय मानबहादुर माखिमले आत्महत्या गरेपछि घटना फिल्मी शैलीमा झैँ थप रहस्यमय बनेको छ ।  यद्यपि प्रारम्भिक अनुसन्धान र प्रमाणले भने घटना पारिवारिक कलहका कारण भएको र आत्महत्या गर्नेबाटै हुन पुगेको देखिएको प्रहरीको दाबी छ । बुधबार राष्ट्रियसभालाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री रामबहादुर थापालेसमेत प्रारम्भिक तथ्यलाई पुष्टि हुने गरी पारिवारिक बेमेलकै कारण घटना भएको देखिएको बताए । उनले घटनाको सूक्ष्म अध्ययन भइरहेकाले दोषी पहिचान हुने आश्वासनसमेत दिए ।

घटनामा मानबहादुर एक्लै थिए वा अरु पनि संलग्न थिए भन्नेबारेमा भने खुलेको छैन । विभत्स घटनाबाट भागेर जोगिएकी १४ वर्षीय सीता खजुमको बयानलाई नै मुख्य आधार बनाएर प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । आत्महत्या गरेका मानबहादुरको शव नजिकै रगत लागेको खुकुरी, टिसर्ट, लाइट फेला परेकाले पनि अनुसन्धान उनीमाथि नै केन्द्रित गरेको छ । प्रमाणले उसैले घटना घटाएको जस्तो देखिने तर सबै कोणबाट अनुसन्धान भइरहेकाले अनुसन्धानपछि मात्रै सबै कुरा खुल्ने पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए ।

जिल्लास्थित प्रहरी कार्यालय, सङ्घीय प्रहरी एकाइ धरान, प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली अनुसन्धानमा खटिएको छ । अनुसन्धानमा कुकुरसमेत परिचालन गरिएको छ । सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले पारिवारिक झगडाले भयानक दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए । अनुसन्धानमा समस्या नआओस् भनेर यसपटक घटनाको प्रकृति मुचुल्का उठाउँदा चिकित्सकको टोलीसमेत लगेको थियो । शव परीक्षण रिपोर्टले मानबहादुरले आफैँ झुण्डिएर आत्महत्या गरेको पुष्टि भएको छ ।

मलेसिया गएर फर्किएका मानबहादुरको विवाह मनकुमारी फियाखसँग विसं २०६८ मा भएको थियो । मलेसियामा रहँदा नै पारिवारिक किचलो शुरु भएको बताए पनि के कारण भनेर यकिन नभएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनले परिवारका अन्य सदस्यलाई पैसा पठाउने गरे पनि श्रीमतीलाई दिने गरेका थिएनन् ।

पारिवारिक कलहले श्रीमती माइतमा गएर बसेकी थिइन् । श्रीमती घर जान नमानेपछि उनीहरुबीच पारपाचुकेको प्रक्रिया चल्दै थियो । प्रहरी नायब उपरीक्षक कुँवरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको बुझिएको बताए ।

अनुसन्धान साँघुरियोः प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले सूक्ष्मरुपमा अनुसन्धान भइरहेकाले अनुसन्धान साँघुरिँदै गएको बताए ।

पोखरेलले भने, “आत्महत्या गरेको व्यक्ति र अपराधमा परेका व्यक्तिको रिलेसनका विषयमा सूक्ष्म अध्ययन भइरहेको छ, अहिले नै यसै भन्न मिल्दैन, अनुसन्धान भने साँघुरिएको छ ।”

यसपाली प्रहरी अली सजक भएर अनुसन्धानमा लागेको छ । निर्मला काण्डमा अलिकती हतारिँदा परिणाम नकारात्मक निस्किएकाले पनि अहिले प्रहरी सचेत हुँदै घटनाका विवरण सार्वजनिक गरिरहेको छ । पोखरेलले आत्महत्या गर्ने व्यक्ति र मृतक परिवारका बीचमा विषय जोडिएको बताए ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ८ : ५५ बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा