रेशम चौधरीलाई लगाएको नेल हेर्दै बाबुरामले भने-यो कति मानवोचित र विधिसम्मत ? | Khabarhub Khabarhub

रेशम चौधरीलाई लगाएको नेल हेर्दै बाबुरामले भने-यो कति मानवोचित र विधिसम्मत ?


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बिरामी भएर अस्पताल भर्ना भएका राजपा नेता तथा सांसद रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका डा.बाबुराम भट्टराईले आक्रोश पोखेका छन् । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिसद अध्यक्ष भट्टराईले चौधरीको उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत चौधरीलाई भेटेको फोटो सेयर गर्दै १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!?’

मेरूदण्डसम्बन्धी बिरामी चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । टीकापुर थारू विद्रोहको मुख्य अभियुक्त भनिएका चौधरी जेल जीवन विताइरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १० : १७ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो