रेशम चौधरीलाई लगाएको नेल हेर्दै बाबुरामले भने-यो कति मानवोचित र विधिसम्मत ? « Khabarhub

रेशम चौधरीलाई लगाएको नेल हेर्दै बाबुरामले भने-यो कति मानवोचित र विधिसम्मत ?


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बिरामी भएर अस्पताल भर्ना भएका राजपा नेता तथा सांसद रेशम चौधरीलाई भेट्न अस्पताल पुगेका डा.बाबुराम भट्टराईले आक्रोश पोखेका छन् । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिसद अध्यक्ष भट्टराईले चौधरीको उपचारको क्रममा १४ किलोको नेल र हत्कडी लगाइएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत चौधरीलाई भेटेको फोटो सेयर गर्दै १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो? हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण!?’

मेरूदण्डसम्बन्धी बिरामी चौधरीको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । टीकापुर थारू विद्रोहको मुख्य अभियुक्त भनिएका चौधरी जेल जीवन विताइरहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १० : १७ बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र