युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय « Khabarhub

युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा परे ।

युरोपको चक्करमा लागेर करीब २० लाख डुवाएका बानियाँले सानो लगानीमा शुरु गरेको पशुपालनबाटै कमाइ गर्न सफल भएका छन् । तीन वर्ष अगाडि तीन लाखको लगानीमा घरमै पशुपालन शुरु गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जमेका छन् ।

स्थानीय र उन्नतजातका पाँचवटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री गर्ने गरेको बानियाँले बताए। तीन लाखबाट पशुपालन शुरु गरेका बानियाँको लगानी रु १० लाख पुगेको छ । “विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु । घरमै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुन्छ”, बानियाँले भने ।

उनका अनुसार डेरीमा प्रतिलिटर रु ७० र घरायसी प्रयोजनका लागि प्रति लिटर रु १२० सम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालन समेत गरेका छन् । विदेश जाने लगानीले घरमै एउटा उन्नतजातको भैँसीबाट मासिक राम्रो कमाइ गर्न सकिने बानियाँको भनाइ छ । परिवारको सहयोगमा पशुपालन गरिरहेका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्ने गर्ने गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  २ : ३९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन