युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय | Khabarhub Khabarhub

युरोपको चक्करमा २० लाख डुब्यो, भैसी पालनले भाग्योदय


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– दाम र कामको खोजीमा ठूलो ऋण झिकेर युरोप पुगेका बेनी नगरपालिका–६ एकपाटेका विनोद बानियाँ गन्तव्यमा नपुग्दै प्रहरीको फन्दामा परे ।

युरोपको चक्करमा लागेर करीब २० लाख डुवाएका बानियाँले सानो लगानीमा शुरु गरेको पशुपालनबाटै कमाइ गर्न सफल भएका छन् । तीन वर्ष अगाडि तीन लाखको लगानीमा घरमै पशुपालन शुरु गरेका बानियाँले विदेश जाने रहरलाई तिलाञ्जली दिँदै पशुपालनमै जमेका छन् ।

स्थानीय र उन्नतजातका पाँचवटा भैँसीबाट दैनिक ७० लिटर दूध बिक्री गर्ने गरेको बानियाँले बताए। तीन लाखबाट पशुपालन शुरु गरेका बानियाँको लगानी रु १० लाख पुगेको छ । “विदेशमा डुबेको पैसा दूध बेचेर कमाउँदै छु । घरमै खर्च कटाएर मासिक रु एक लाख आम्दानी हुन्छ”, बानियाँले भने ।

उनका अनुसार डेरीमा प्रतिलिटर रु ७० र घरायसी प्रयोजनका लागि प्रति लिटर रु १२० सम्ममा दूध बिक्री गर्ने गरेका बानियाँले कुखुरापालन समेत गरेका छन् । विदेश जाने लगानीले घरमै एउटा उन्नतजातको भैँसीबाट मासिक राम्रो कमाइ गर्न सकिने बानियाँको भनाइ छ । परिवारको सहयोगमा पशुपालन गरिरहेका बानियाँले दैनिक बिहान र बेलुकी दुई पटक मोटरसाइकलमा दूध ढुवानी गर्ने गर्ने गरेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  २ : ३९ बजे

काठमाडौं उपत्यकामा कर्फ्यु थप खुकुलो, बिहान र बेलुकी आवतजावत गर्न पाइने

काठमाडौं – नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आदेशलाई

सन्तानब्बे नाल हतियार बरामद भएको छः नेपाली सेना

काठमाडौं – जेनजीको प्रदर्शनपछि भएका घटनामा मुलुकका विभिन्न स्थानबाट लुटिएकामध्ये

धनुषा जिल्लामा आज साँझ ६ बजेदेखि कर्फ्यु आदेश लागू

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले अर्को आदेश नभएसम्म आज

रास्वपाले अघि सार्‍यो तीनबुँदे तात्कालिक प्रस्ताव

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशको वर्तमान राजनीतिक संकट

नख्खु जेलबाट भागेका सञ्जय टकलासहित १७ जना पक्राउ

काठमाडौं– ललितपुरको नख्खु जेलबाट भागेका चर्चित अपराधी एवम् पूर्वराज्यमन्त्री सञ्जय