प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइयो « Khabarhub

प्रधानमन्त्रीको निर्देशनपछि रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइयो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीको खुट्टामा बाँधिएको साङ्लो हटाइएको छ ।

चौधरीलाई उपचारका क्रममा साङ्लो बाँधिएको प्रति चासो व्यक्त गर्दै प्रधानमन्त्रीले साङ्लो खोल्न निर्देशन दिएका हुन् । साथै साङ्लो बाध्न लगाउनेलाई कारवाही गर्न पनि निर्देशन दिएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । चौधरीको दायाँ खुट्टामा बाँधिएको १४ किलोको साङ्लो शुक्रबार बेलुका नै हटाइएको हो ।

उनले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक अधिकारीले जानकारी दिए । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शैय्यामा रहँदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । कम्मर र ढाडमा दुखाइ भएपछि उनले अहिले फिजियो थेरापीसमे गराउँदै आएका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  २ : ५३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल