रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि « Khabarhub

रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार सामाजिक सञ्जालमा दुई जना पत्रकार चर्चामा रहे । न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने र उनका सहकर्मी दिपक बोहोराबीच कुटाकुट भएको समाचार बाहिरिएसँगै उनीहरु चर्चामा रहन गए ।

न्यूज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम जनतासँग सिधा कुराका प्रोड्युसर समेत रहेका बोहोरा र लामिछानेबीच झगडा परेको समाचार सार्वजनिक भएसँगै रविका फ्यान र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच बहस भएको छ ।

कतिपयले लामिछानेले सञ्चालन गरिरहेको जनतासँग सिधा कुरा कार्यक्रम बन्द हुन लागेको त होइन भन्दै आशंका व्यक्त गरिरहेका थिए ।
कार्यक्रमको ४०० औं भाग प्रसारणको तयारी हुनै लाग्दा लामिछाने र बोहराबीच विवादको समाचार सार्वजनिक भएको हो ।

एक अनलाइनमा ‘रवि लामिछानेलाई उनकै प्रोड्युसरले छाडे, याक एन्ड एति होटलमा रवि र प्रोड्यसरबीच झडप’ शीर्षकको समाचार बाहिरिएसँगै यसबारे बहस शुरु भएको थियो । उक्त समाचार अन्य धेरै अनलाइनहरुले साभार गरेर पोस्ट गरेसँगै यो विषय भाइरल बन्न पुग्यो ।

आफ्ना सहकर्मीसँग झडप भएको समाचारहरु बाहिरिएसँगै पत्रकार लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेखेर त्यस विषयमा प्रष्टिकरण दिएका छन् । स्टाटसमा उनले उक्त समाचारलाई निराधार भएको बताएका छन् ।

आफू याक एन्ड यति होटल नगएको र एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सँगै काम गरिरहेका कार्यक्रम प्रोड्युसर बोहारासँग कुटपिट नभएको लामिछानेले स्टाटसमा प्रस्ट पारेका छन् ।

समाचारका विषयमा कुराकानी गर्न आफूले उक्त अनलाइनका प्रवन्ध निर्देशकलाई फोन गरेपनि उनले फोन नउठाएको रविले दुखेसो पोखेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरुलाई उक्त अनलाईनका प्रवन्ध निर्देशक शिष्ट भाषामा सोध्न आग्रह समेत गरेका छन् ।

लामिछानेले आफूहरु कार्यक्रमको ४ सयौं भागको तयारीमा व्यस्त रहेको बेलामा केही व्यक्तिहरु केही न केही लेखेर आफूहरुको खेदो खन्न लागि परेको टिप्पणी गरेका छन् ।

कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखेको आरोप लामिछानेले लगाएका छन् ।

उता सिधा कुरा जनातासँगका प्रोड्युसर दिपक बोहराले केही अनलाइनले रवि लामिछाने र आफ्नो झगडा भएको भनि गलत प्रचार गरेको बताएका छन् ।

आफूहरुबीच झगडा होस् भन्ने पक्षमा उनीहरु रहेको र उनीहरुको इच्छा कहिल्यै पूरा नहुने बोहोराको भनाइ छ । सिधा कुरा जनतासँग एउटा टेलिभिजन कार्यक्रम मात्र नभएर एक सोच भएकोले यो कहिल्यो बन्द नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : ३९ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०

एन्फा राष्ट्रिय लिग : सातदोबाटो र नवजनजागृति १–१ गोलको बराबरीमा

काठमाडौं – काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगअन्तर्गत शनिबार भएको खेलमा