रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि | Khabarhub Khabarhub

रवि लामिछाने र दिपकबीच कुटाकुट भएको हो ? यसो भन्छन् रवि


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शनिवार सामाजिक सञ्जालमा दुई जना पत्रकार चर्चामा रहे । न्यूज २४ का पत्रकारद्वय रवि लामिछाने र उनका सहकर्मी दिपक बोहोराबीच कुटाकुट भएको समाचार बाहिरिएसँगै उनीहरु चर्चामा रहन गए ।

न्यूज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम जनतासँग सिधा कुराका प्रोड्युसर समेत रहेका बोहोरा र लामिछानेबीच झगडा परेको समाचार सार्वजनिक भएसँगै रविका फ्यान र अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच बहस भएको छ ।

कतिपयले लामिछानेले सञ्चालन गरिरहेको जनतासँग सिधा कुरा कार्यक्रम बन्द हुन लागेको त होइन भन्दै आशंका व्यक्त गरिरहेका थिए ।
कार्यक्रमको ४०० औं भाग प्रसारणको तयारी हुनै लाग्दा लामिछाने र बोहराबीच विवादको समाचार सार्वजनिक भएको हो ।

एक अनलाइनमा ‘रवि लामिछानेलाई उनकै प्रोड्युसरले छाडे, याक एन्ड एति होटलमा रवि र प्रोड्यसरबीच झडप’ शीर्षकको समाचार बाहिरिएसँगै यसबारे बहस शुरु भएको थियो । उक्त समाचार अन्य धेरै अनलाइनहरुले साभार गरेर पोस्ट गरेसँगै यो विषय भाइरल बन्न पुग्यो ।

आफ्ना सहकर्मीसँग झडप भएको समाचारहरु बाहिरिएसँगै पत्रकार लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेखेर त्यस विषयमा प्रष्टिकरण दिएका छन् । स्टाटसमा उनले उक्त समाचारलाई निराधार भएको बताएका छन् ।

आफू याक एन्ड यति होटल नगएको र एकै परिवारका दाजुभाइ जसरी मिलेर दिनरात सँगै काम गरिरहेका कार्यक्रम प्रोड्युसर बोहारासँग कुटपिट नभएको लामिछानेले स्टाटसमा प्रस्ट पारेका छन् ।

समाचारका विषयमा कुराकानी गर्न आफूले उक्त अनलाइनका प्रवन्ध निर्देशकलाई फोन गरेपनि उनले फोन नउठाएको रविले दुखेसो पोखेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्ना फ्यानहरुलाई उक्त अनलाईनका प्रवन्ध निर्देशक शिष्ट भाषामा सोध्न आग्रह समेत गरेका छन् ।

लामिछानेले आफूहरु कार्यक्रमको ४ सयौं भागको तयारीमा व्यस्त रहेको बेलामा केही व्यक्तिहरु केही न केही लेखेर आफूहरुको खेदो खन्न लागि परेको टिप्पणी गरेका छन् ।

कसैको जुठो खाएर यस्तो झुठो समाचार लेखेको आरोप लामिछानेले लगाएका छन् ।

उता सिधा कुरा जनातासँगका प्रोड्युसर दिपक बोहराले केही अनलाइनले रवि लामिछाने र आफ्नो झगडा भएको भनि गलत प्रचार गरेको बताएका छन् ।

आफूहरुबीच झगडा होस् भन्ने पक्षमा उनीहरु रहेको र उनीहरुको इच्छा कहिल्यै पूरा नहुने बोहोराको भनाइ छ । सिधा कुरा जनतासँग एउटा टेलिभिजन कार्यक्रम मात्र नभएर एक सोच भएकोले यो कहिल्यो बन्द नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ७ : ३९ बजे

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ