सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ « Khabarhub

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने विषयमा सञ्चारमाध्यममा आएका खबरप्रति प्रतिक्रिया दिएका छन्।

हाल विदेश (हङकङ) मा रहेका पूर्वप्रधानमन्त्री देउवाले उक्त विषयमा भ्रामक र झूटा प्रचार भइरहेको दाबी गर्दै सार्वजनिक पदमा रहँदा कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित निकायमा पेश गरेको स्पष्ट पारेका छन्।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताको पक्षमा आफूले जीवनभर संघर्ष गरेको पनि उल्लेख गरेका छन्। आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उनले बताएका छन् ।

देउवाले भ्रष्टाचार नियन्त्रणका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको स्मरण पनि गरेका छन्।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेकाले फर्किन समय लाग्ने पनि संकेत गरेका छन्।

देउवाले समयसँगै सत्य बाहिर आउने विश्वास व्यक्त गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैलाई अपिल गरेका छन्। सम्पत्ति शुद्धीकरणमा आफू र पत्नी आरजुका नाममा मंगलबार पक्राउ पुर्जी जारी भएका सन्दर्भमा देउवाले मुख खोलेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २८ बजे

चीनविरुद्ध कुशल मल्लको अर्धशतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माण गरिने

काभ्रेपलाञ्चोक– बाढीपहिरोले बगाएका काभ्रेका ६ वटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने

चीनविरुद्ध ओपनर कुशल भुर्तेलको शतक

काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपाली

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

काठमाडौँ- आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक