जनतालाई हाँसेर सेवा दिनुपर्छ– मुख्यमन्त्री भट्ट « Khabarhub

जनतालाई हाँसेर सेवा दिनुपर्छ– मुख्यमन्त्री भट्ट


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनतालाई हाँसेर सेवा दिनुपर्ने बताएका छन् ।

शनिवार कैलालीको टीकापुर नगरपालिकाको पाँचौँ नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोका दिनमा जनतालाई दिने सेवा र अहिले जनतालाई दिनुपर्ने सेवामा परिवर्तन भएको बताउँदै जनतालाई हाँसेरै सेवा दिन आग्रह गरे ।

मुख्यमन्त्री भट्टले भने, “सिंहदरबारको अधिकार संवैधानिकरूपमा गाउँगाउँमा पुगेको भए पनि व्यवहारिकरूपमा अझै आउन सकेको छैन, जनतालाई त्यसको प्रत्याभूति जनप्रतिनिधि तथा कर्मचारीले दिलाउन सक्नु पर्दछ ।”

मुख्यमन्त्री भट्टले जनतासँग प्रत्यक्ष जोडिने योजनालाई निश्चित मापदण्ड बनाई काम गर्नुपर्ने भन्दै निश्चित ठाउँमा बजेट विनियोजन गर्न सकेमात्र त्यसले परिणाम दिने बताए ।

नगर अधिवेशनको नीति तथा कार्यक्रमले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत बालविवाह न्यूनीकरणका लागि साउन १ गतेदेखि जन्मिएका हरेक छोरीलाई जन्मेदेखि २० वर्षसम्म वार्षिक रु एक हजारका दरले बैंक खातामार्फत प्रदान गर्ने भएको छ ।

त्यसैगरी, आमासँग उपमेयर कार्यक्रम, गर्भवती महिलासँग उपमेयर कार्यक्रम, हाम्रो विद्यालय राम्रो विद्यालय अभियान, मेयर छात्रबृत्ति कार्यक्रम, सुन्दर टीकापुर साक्षर टीकापुर, म स्वस्थ मेरो देश स्वस्थ अभियानलगायत १५२ बुँदे नीति तथा कार्यक्रम नगरप्रमुख तपेन्द्रबहादुर रावलले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ३३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन