जनतालाई हाँसेर सेवा दिनुपर्छ– मुख्यमन्त्री भट्ट | Khabarhub Khabarhub

जनतालाई हाँसेर सेवा दिनुपर्छ– मुख्यमन्त्री भट्ट


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनतालाई हाँसेर सेवा दिनुपर्ने बताएका छन् ।

शनिवार कैलालीको टीकापुर नगरपालिकाको पाँचौँ नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले हिजोका दिनमा जनतालाई दिने सेवा र अहिले जनतालाई दिनुपर्ने सेवामा परिवर्तन भएको बताउँदै जनतालाई हाँसेरै सेवा दिन आग्रह गरे ।

मुख्यमन्त्री भट्टले भने, “सिंहदरबारको अधिकार संवैधानिकरूपमा गाउँगाउँमा पुगेको भए पनि व्यवहारिकरूपमा अझै आउन सकेको छैन, जनतालाई त्यसको प्रत्याभूति जनप्रतिनिधि तथा कर्मचारीले दिलाउन सक्नु पर्दछ ।”

मुख्यमन्त्री भट्टले जनतासँग प्रत्यक्ष जोडिने योजनालाई निश्चित मापदण्ड बनाई काम गर्नुपर्ने भन्दै निश्चित ठाउँमा बजेट विनियोजन गर्न सकेमात्र त्यसले परिणाम दिने बताए ।

नगर अधिवेशनको नीति तथा कार्यक्रमले ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्तर्गत बालविवाह न्यूनीकरणका लागि साउन १ गतेदेखि जन्मिएका हरेक छोरीलाई जन्मेदेखि २० वर्षसम्म वार्षिक रु एक हजारका दरले बैंक खातामार्फत प्रदान गर्ने भएको छ ।

त्यसैगरी, आमासँग उपमेयर कार्यक्रम, गर्भवती महिलासँग उपमेयर कार्यक्रम, हाम्रो विद्यालय राम्रो विद्यालय अभियान, मेयर छात्रबृत्ति कार्यक्रम, सुन्दर टीकापुर साक्षर टीकापुर, म स्वस्थ मेरो देश स्वस्थ अभियानलगायत १५२ बुँदे नीति तथा कार्यक्रम नगरप्रमुख तपेन्द्रबहादुर रावलले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ३३ बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै