आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड « Khabarhub

आज साउन महिनाको पहिलो सोमबार, शिवालयमा भक्तजनको भीड


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

काठमाडौंका पशुपतिनाथ, कुम्भेश्वरलगायत मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।

साउन महिनाभरका सोमबार ब्रत बस्नाले मनले चिताएको पूरा हुने जनविश्वास रहँदै आएको छ । ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ ।

यो वर्ष साउनमा चार वटा सोमबार परेको छन् । साउन महिना हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । साउन सुरु भए लगतै महिलाहरु रङ्गिन भएका छन् ।

हरियो पोते, पहेलो चुरा, हातमा मेहेन्दी र बस्त्र पनि हरियो नै देख्न पाइन्छ । साउन महिनामा खास गरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ ।

यो महिनाभर महिलाहरु शुद्ध साकारहारी खाना खाने तथा सोमवार ब्रत बस्ने गर्दछन् । आफ्नो परिवारको सुख शान्ति र कुशल मंगलको कामना गरी सोमबार ब्रत वस्ने गरेको पाइन्छ । साउन महिनाभर माछा मासु नखाइ सोमबार मन्दिर गएर पूजा गरी मनाउने गर्छन् ।

हरियो पहेंलो र रातो पोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम, रातोलाई शौभाग्य र पहेँलोलाइ पवित्रताको प्रतिकको रुपमा लिइन्छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ११ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको