हिलोको दलदलमा फस्दा दुई दिदी बहिनीसहित फूपुको मृत्यु « Khabarhub

हिलोको दलदलमा फस्दा दुई दिदी बहिनीसहित फूपुको मृत्यु


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरको पैतीखोलास्थित हिलोको दलदलमा फसेर तीन जनाको ज्यान गएको छ ।

आइतबार बेलुकी खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएको समयमा दलदलमा फसेर दुई दिदीबहिनी र फूपु गरी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेमा १९ वर्षीया वसन्ती विक,१९ वर्षकै झरना विक र १६ वर्षीया अमृता विक रहेका छन् । एसपी पाण्डेका अनुसार झरना र अमृता दिदीबहिनी हुन् भने वसन्ती फूपु हुन्।

सुरुमा एक जना किशोरी हातखुट्टा धुने क्रममा खाल्डोमा डुबेको र उनलाई तान्ने क्रममा अन्य दुई जनाको समेत ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ३६ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न