तीन दिनको मौसम पूर्वानुमान– बुधबारसम्म भारी वर्षाको सम्भावना « Khabarhub

तीन दिनको मौसम पूर्वानुमान– बुधबारसम्म भारी वर्षाको सम्भावना


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु(भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको र पश्चिमि भु(भागमा आंसिकदेखि सामान्य वदली भई १–२ स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व र मध्यका केहि स्थानमा भारी वर्षा र पश्चिमको केही स्थानमा सामान्य वर्षाको सम्भवाना तीन दिन सम्म देखिएको  छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण ६ गते सोमबार

दिउँसो: देशको पूर्वी र मध्य भु(भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु(भागमा आंसिक देखि सामान्य वदली रहि पूर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राति:  देशको पूर्वी र मध्य भु(भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु(भागमा आंसिक देखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ७ गते मंगलबार

दिउँसो: देशको पूर्वी र मध्य भु(भागमा पुर्ण बदली साथै पश्चिमी भु(भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी र मध्य भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भुभागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते बुधबार

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

रातीस् देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ५० बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक