तीन दिनको मौसम पूर्वानुमान– बुधबारसम्म भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

तीन दिनको मौसम पूर्वानुमान– बुधबारसम्म भारी वर्षाको सम्भावना


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु(भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको र पश्चिमि भु(भागमा आंसिकदेखि सामान्य वदली भई १–२ स्थानहरुमा वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्व र मध्यका केहि स्थानमा भारी वर्षा र पश्चिमको केही स्थानमा सामान्य वर्षाको सम्भवाना तीन दिन सम्म देखिएको  छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण ६ गते सोमबार

दिउँसो: देशको पूर्वी र मध्य भु(भागमा सामान्य देखी पूर्ण बदलि साथै पश्चिमी भु(भागमा आंसिक देखि सामान्य वदली रहि पूर्वका र मध्यका धिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

राति:  देशको पूर्वी र मध्य भु(भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु(भागमा आंसिक देखि सामान्य वदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।

श्रावण ७ गते मंगलबार

दिउँसो: देशको पूर्वी र मध्य भु(भागमा पुर्ण बदली साथै पश्चिमी भु(भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी र मध्य भागमा सामान्य बदलि देखि पुर्ण बदली साथै पश्चिमी भुभागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

श्रावण ८ गते बुधबार

दिउँसो: देशभर सामान्य देखि पुर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।

रातीस् देशभर सामान्य बदलि देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र पश्चिमका केहि स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ । पूर्व र पश्चिमका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ६ : ५० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी– लगातार वर्षाको कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

उदयपुर– कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क

जहाँ बाँस त्यहाँ जीवन

धन र सम्पत्ति घरमै झोलामा,बाँसको डोलामा लान्छन् खोलामा।प्रस्तुत गीतको नेपाली

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध