सुनसरीमा भारतीय नागरिकको घाँटी रेटी हत्या « Khabarhub

सुनसरीमा भारतीय नागरिकको घाँटी रेटी हत्या


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुनसरीको देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक सोमबार बिहान एक भारतीय नागरिकको घाँटी रेटी हत्या गरिएको छ ।

भारत अररिया जिल्ला मानिकपुर घर भएका करिब ४० वर्षीय बिलु यादवको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

फुयालका अनुसार यादवको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ का महानन्द मेहताले धरिलो हतियार (दविया) प्रहार गरी हत्या गरेका हुन् ।

हत्यामा संलग्न मेहता जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ४३ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती