विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात « Khabarhub

विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई पराजित गर्दै  सुखद शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो ।

टस जीतेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाउँदा कतारले १८७ रनको लक्ष्य पाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । कतारलाई पराजित गर्न सिंगपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे ।

सिंगापुरका अम्जद महबुब र जनक प्रकाशले समान ३–३ विकेट हात हात पारे । कतारका लागि १ सय ५३ रन बनाउने क्रममा कप्तान तमोर सजादले ३४ रन, मोहम्मद रिजलानले ३३ रन जोड्दा भौसाल जवेदले २९ रन र मोहम्मद तानभिरले २६ रन बनाए का थिए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका लागि  सुरेन्द्रान चन्द्रमोहनले ४७, टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन राजरोगनले ३२ रन बनाएका थिए । सिंगापुरविरुद्ध कतारका इकबाल हुसेनले चार विकेट लिए भने नौमन सर्वारले २ विकेट हात पारे ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : ५७ बजे

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित