१ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ | Khabarhub Khabarhub

१ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दानासहित चार जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-८ स्थित बा.२ ज ५२२३ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको करिब १ सय केजी बुद्धचित्तको दाना फेला पारी ट्याक्सी चालक सहित ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-७ बसुन्धरा बस्ने ४० वर्षीया शुक्र लामा, काठमाडौं बसुन्धारा बस्ने दोलखा भिमेश्वर नगरपालिका-१२ घर भएका २१ वर्षीय रोशन कार्की, काठमाडौं बसुन्धारा बस्ने रामेछाप सुनापती घर भएका २५ वर्षीय रुपेश लामा र ट्याक्सी चालक काठमाडौं कपन बस्ने सिन्धुली रानीबास घर भएका २१ वर्षीय बिनोद माझी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्याक्सी जाँच गर्दा ७ वटा बोरामा रहेको उक्त परिमाणको बुद्धचित्तको दाना फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ०१ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर