मुद्रा सटही सुविधासहितको प्रभु बैंकको नयाँ एप सञ्चालन « Khabarhub

मुद्रा सटही सुविधासहितको प्रभु बैंकको नयाँ एप सञ्चालन


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले विदेशी मुद्रा सटही सुविधालाई मोबाइलमार्फत अनलाईन आवेदन गर्न सकिने एप्लिकेसन”Prabhu Easy Forex” सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरी “Prabhu Easy Forex” बारे जानकारी गराएको हो । बैंक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई “Prabhu Easy Forex” ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने बैंकका सीईओ मणीराम पोख्रेलले जनाए ।

“Prabhu Easy Forex” मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ । यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ ।

बैंकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने/नसक्ने जानकारी गराउनुका साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ ।

बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ३७ बजे

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६